Monday May 20, 2024

नेपाली राष्ट्रिय फुटबल टीमले इंग्ल्याण्ड सी टीमसँग खेल्यो ऐतिहासिक फुटबल

२६ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1089


नेपाली राष्ट्रिय फुटबल टीमले  इंग्ल्याण्ड सी टीमसँग खेल्यो ऐतिहासिक फुटबल

शीतलपाटीन्युज डटकम।
लण्डन।नेपाली राष्ट्रिय फुटवल टीम र इड्गलैण्डको राष्ट्रिय टीम सीसंगको ऐतिहासिक खेलमा २ गोल अन्तरले नेपाली टीम पराजित भएको छ।

बेलायतको अल्डरसटस्थित अल्डरसट टाउन फुटवल क्लवको इबीबी रंगशालामा सोमबार दिउसो भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड सी टीमले नेपाली टीमलाई २ - ० को जित हासिल गरेको हो।वर्षाका कारण पहिलो हाफमा नेपालको कमजोर प्रस्तुतिका कारण इंग्ल्याण्ड सीले दुई गोल स्कोर गरेपनि दोश्रो हाफमा नेपालले इंग्ल्याण्डलाई निकै दवावमा राखेको थियो। 


८ हजार क्षमताको भरिभराउ रंगशालामा झण्डै ९० प्रतिशत नेपाली दर्शकले खेल अवधिभर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित लन्डनस्थित दूतावासका कर्मचारी र बेलायतको नेपाली समुदायका अभियन्ताहरु सहभागी थिए। खेल हेर्न घण्टौं ड्राइभ गरी स्कटल्यान्ड,वेल्स, मिडल्यान्ड लगायतका स्थानबाट नेपालीहरु अल्डरसट जम्मा भएका थिए । 


खेलपछि प्रिजेन्टेसन समारोहमा अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम,इंग्ल्यान्ड एफए पदाधिकारी,नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने लगायतले खेलाडीलाई क्याप वितरण गरेका थिए।
खेल सफल पार्न नेपाली समुदायका तर्फबाट कमल कोने गुरुङले संयोजक तथा दिलरास गुरुङ र कुमार गुरुङले टिकट संयोजकको भूमिका निर्वाह गरेका थिए भने एनआरएनए यूके पूर्व अध्यक्ष समाजसेवी सूर्य गुरुङले आयोजक अल्डरसट  टाउन फुटबल क्लब र एन्फाबीच समन्वय लगायतका महत्वपूर्ण योगदान गरेका थिए।


अल्डरसट टाउन फुटबल क्लवले एफए र नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो। नेपालले गोल गर्न नसकेपनि पहिलोपटक बेलायती भूमिमा खेल खेल्न पाउनुलाई प्रमुख उपलब्धि मानिएको छ।टिम कप्तान तथा गोल किपर किरणकुमार लिम्बुको उत्कृष्ट प्रदर्शनीका कारण लिम्बु ‘म्यान अफ दि म्याच’ पनि घोषित भए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?