Sunday April 28, 2024

बर्न्टओक नेपाली समाजमा खमिरजड गुरुडको अध्यक्षतामा नया कार्य समिती चयन

१ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1376


बर्न्टओक नेपाली समाजमा खमिरजड गुरुडको अध्यक्षतामा नया कार्य समिती चयन

शीतलपाटीन्युज डटकम।

लण्डन।बेलायतमा सक्रिय नेपाली संस्थाहरु मध्य बर्न्टओक नेपाली समाज पनि एउटा शसक्त समाज हो। हालै सम्पन्न भयको सो समाजको बार्षिक अधिबेशनले खमिरजड गुरुडको अध्यक्षतामा नया कार्य समिती चयन भएको छ। बर्न्टओक नेपाली समाजको पुर्ब अध्यक्ष तथा बार्नेट काउन्सिलको पुर्ब उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुडले सो कुराको जानकारी दिनु भयको छ।

हिजो बसेको बर्न्टओक नेपाली समाज यूकेको १६ डिसेम्बर २०२३ का दिन सातौं कार्यसमितिको निर्वाचन सफलता पूर्बक सम्पन्न भएको कुरा रमेश गुरुंग प्रमुख आयुक्त,सुरेश गौतम आयुक्त,टेकमान गुरुंग आयुक्त,मोहन गुरुंग आयुक्त,श्रीमति दुर्गा गुरुंग आयुक्त ५ सदस्यीय निर्वाचन समितिले पनि जानकारी गराएको छ। नयाँ कार्यसमितिको नामावली यस प्रकार पेश गरिएको छ। अध्यक्षमा ख़मीरज़ंग गुरुंग,दुई उपाध्याक्षहरुमा उपाध्यक्ष मुरारी थापा र उपाध्यक्ष श्रीमती मंजु गुरुंग (आमा समूहकी अध्यक्ष पनि स्वतः मुख्य कार्यसमितिको उपाध्यक्ष २ हुने ब्यवस्था छ)।

महासचिव श्रीमती हेलिशा गुरुंग,सचिव प्रेम कॅडेल,कोषाध्यक्ष महेन्द्र गुरूंग सहकोषाध्यक्ष थोकराज गुरूंग,सांस्कृतिक सचिव उमेश खड़का,खेलकुद् सचिब दल बहादुर गुरूंग,मिडिय संयोजकमा भगीरथ योगी,जेष्ठ नागरिक संयोजक शेर बहादुर आले रहनु भयको छ।

आमा समूहको कार्यसमितिमा अध्यक्ष श्रीमती मंजु गुरुंग,उपाध्यक्ष श्रीमती कमला गुरुंग (Mrs Bishnu),सचिव श्रीमती सपना खनिया,कोषाध्यक्ष श्रीमती पार्वती गुरुंग,सह-कोषाध्यक्ष श्रीमती दुर्गा गुरुंग रहनु भयको छ।केही पदमा निर्वाचित हुन बांकी रहेकोले बाकी पदहरूमा नयां कार्यसमितिले आवश्कता अनुसार चयन र परीपूर्ती गर्ने भएको छ। 

निबर्तमान कार्यसमितीका अध्यक्ष बिष्णु गुरुंग लगायत वहाँको सम्पूर्ण कार्यसमितिलाई कार्यकाल सफलता पूर्वक निर्वाह गर्नुभएकोमा मुरी मुरी बधाई तथा धन्यवाद दिइएको सो अधिबेशनमा नवनिर्वाचित अध्यक्ष पदमा निर्वाचीत हुनु भएको ख़मीरज़ंग गुरुंग लगायत उहाँको संपूर्ण कार्यसमितिलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना दिईएको थियो।

 बर्न्टओक नेपाली समाज नया कार्यसमितीको कार्यकाल तीन बर्षको हुने बिधानमा जनाईएको छ।महाधिबेसनका अवसरमा बनटोक नेपाली समाजका पुर्ब अध्यक्ष तथा बार्नेट काउन्सिलको पुर्ब उपमेयर काउन्सिलर लक्षबहादुर गुरुडले शुभकामना मन्तब्य दिदै “हामीहरु नेपालबाट बसाई सराई गरेर आएर यस क्षेत्रमा बसोबास गरेपछि यो क्षेत्र नै हाम्रो गाउ हो,यो नै हाम्रो समाज हो,हामीहरुले हाम्रो हक अधिकार खोज्ने र पहिचान बनाउने ठाउ यहि हो। तसर्थ हामीहरु सबैले हाम्रो यस समाजलाई प्राथमिकता दिनु पर्छ।लन्डन बरो अफ बार्नेट काउन्सिल बेलायतमा सब भन्दा धेरै जातजातीहरु बसोबास गर्ने काउन्सिल हो र यहा १९० वटा बिभिन्न भाषाहरु बोलिन्छ। जनसंख्याको हिसाबले लन्डनको सबभन्दा ठुलो काउन्सिल पनि हो। गत २०१९ देखि २०२१ मा म यस काउन्सिलको उपमेयर भएर बिभिन्न जातजातीहरुको संघ संस्थाहरुको कार्यक्रमहरुमा उपस्थित हुदै गर्दा सबै जातीहरुले यहा बेलायतमा आफ्नो पहिचान स्थापित गर्नको लागी धेरै मेहिनत र प्रयासहरु गरेको थाहा पाए। त्यसकारण हामीहरुले पनि यस ठाउमा हाम्रो पहिचान बलियो बनाउनको लागी सब एकजुट भएर लाग्नु पर्छ। स्थानिय समाज र यहाको कार्यक्रमहरुलाई प्राथमिकता दिनु पर्छ,कार्यक्रमहरु जुधाउनु हुदैन। हाम्रो भाबी सन्ततीहरुलाई हाम्रो कार्यक्रमहरुमा सहभागी बनाएर उनीहरुलाई जिम्मेबारी दिनु पर्छ, भनेर भन्नु भयको थियो।

पहिलो सत्रको कार्यक्रम अध्यक्ष बिष्णु गुरुडको अध्यक्षतामा महासचिब डिलमाया गुरुड्गले संचालन गरेको थियो। जसमा महासचिब,कोषाध्यक्ष,आमा समुहको बार्षिक प्रतिबेदन प्रस्तुत गरीएको र कार्यक्रम भब्य सम्पन्न भयको थियो।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?