Saturday March 22, 2025

एनआरएनए एनसीसीको नयाँ नेतृत्वको उपाध्यक्षमा वाण्ड राज ढुंगानाको उम्मेद्बारी,प्रवासी नेपालीलाई एकवद्ध बनाउने प्रतिवद्धता

१ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2185


एनआरएनए एनसीसीको नयाँ नेतृत्वको उपाध्यक्षमा वाण्ड राज ढुंगानाको उम्मेद्बारी,प्रवासी नेपालीलाई एकवद्ध बनाउने प्रतिवद्धता

सुरेश कोइराला,

न्यूयोर्क। गैर आवासीय नेपालीहरूको साझा संस्था एनआरएनए एनसीसी अमेरिकाको  निर्वाचनमा  राज ढुंगानाले उपाध्यक्षको उमेदवारी दिनु भएको छ। एनआरएनए एनसीसी अमेरिकालाई विशुद्ध सामाजिक संस्था बनाउने उद्देश्य ढुनांनाले अध्यक्ष पदका उमेदवारी दिलुराम पराजुलीको प्यानलबाट उपाध्यक्षमा उमेदवारी दिनु भएको हो। 

‘आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै यहाँ रहेका नेपालीको हक, हित र अधिकारका लागि लड्नु र संस्थालाई आम गैर आवसीय नेपालीहरूको साझा संगठन बनाउनु। अब मेरो दायित्व हुनेछ,’न्युयोर्क र वाल्टीमोडको चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै

उहाँले भन्नु भयो।‘नेपालीहरू एकवद्ध हुन सके हामीले प्रवासमा बस्दा पनि दोस्रो दर्जाको नागरिक भनेर महसुस गर्नु पर्दैन।’   

अमेरिकामा हुने हरेक गतिविधिलाई पारदर्शी ढंगबाट बढी भन्दा बढी प्रभावकारी बनाउँदै अघि बढ्ने योजना उहाँले बनाउनु भएको छ । हामीहरू एकवद्ध हुन सके प्रवासमा रहे पनि दोस्रो दर्जाको नागरिक भनेर महसुस गर्नु नपर्ने उहाँले बताउनु भयो।  

ढुगांनाले आफु निवार्चित भएमा उपाध्यक्षको भुमिका रहेर समाज र संस्थामा समर्पित काम गर्ने प्रतिवद्धता गर्नु भएको छ । उहाँ कोराराडोको नेपाली समुदायमा परिचीत समाजसेवी हुनुहुन्छ।

साथै, यसअघि ढुगांना सन् २०१७ देखि २०१९ सम्म कोराराडो च्याप्टर प्रेसिडेन्ट, सन् २०१९ देखि २०२१ सम्म हेल्प डेक्स को–चियर, सन् २०२१ देखि २०२३ सम्म एनआरएनए एनसीसी हेल्प डेक्स चियर पर्सन र बोर्ड अफ डाइरेक्टर  हुनुहुन्थ्यो। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?