Friday May 10, 2024

एनआरएनए एनसीसीलाई चम्किलो बनाएर अहोरात्र खटिएर काम गर्छुृः भानु खरेल

२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2037


एनआरएनए एनसीसीलाई चम्किलो बनाएर अहोरात्र खटिएर काम गर्छुृः भानु खरेल

सुरेश कोइराला,

क्यालिफोर्निया। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको उपाध्यक्षका उम्मेदवार भानु खरेलले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउँनु भएको छ । हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहाँले भन्नु भयो। ‘यो विदेशी भूमीमा हामीले राम्रा र असल काम गरेर देखाउनु पर्छ,’ उहाँले भन्नु भयो, नेपाल र नेपालीहरूकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र खटिएर काम गर्नेछु।’ 

हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने, एकअर्काको दुःखी हुने र सुखमा रमाउने हो। त्यसैले यो  संस्थालाई अमेरिका भरिरहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउनतर्फ लाग्नुपर्छ।

नेपालीमा अन्तरनिहित यहि विशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको छ। त्यो नै हाम्रो पहिचान हो। नेपालीहरुको यहि पहिचानलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न तथा भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैव उत्तरदायी बनाउनु हामी सैको जिम्मेवारी भएको उपाध्यक्षका दावेदार खरेलले बताउनु भयो।  

यहि जुलाई २२ सनिबार र जुलाई २३  आइतबार सम्पन्न हुन गईरहेको गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको निर्वाचनमा खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो। नेपालीको परिचय भनेको भेषभूषा,भाषा, साहित्य,परम्परालगायतका विषयहरू हुन। सयभन्दा बढी भाषा र जाति अनि उनीहरू पिच्छेका पहिरनहरू हाम्रो अमूल्य निधि र सम्पति हो। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो।

खरेलले अगााडि भन्नु भयो– ‘म पनि तपाईहरु जस्तै नयाँ अवसरको खोजिमा डुल्दै अमेरिका आएर काम गरी बसेको नेपाली अमेरिकन समाजको एक साधरण सदस्य हुँl व्यापार व्यवसाय,घर परिवारबाट बचेको समयलाई सिंगो नेपाली परिवार र समुदायको हितमा खर्चने प्रणका साथ यो अभियानमा जोडिएको छु। 

हिजो पनि तपाईहरुले मलाई विश्वासको मत दिनु भएको थियो  । यसअघि सन् २०१९ मा सचिव पदको लागि उमेदवारी दिएको थिए तर उक्त समय म उप–विजेता मात्रै हुन सके। उप–विजेता भए पनि  म एनआरआएनमा निष्ठा पुर्वक लागिरहेको थिए । त्यही निष्ठालाई निरन्तरता दिन, पदमै रहेर निभाउनु पर्ने जिम्मेवारीहरु निष्ठा पुर्वक निभाउन र एनएनआरको विकास तथा प्रगतीमा सहयोगी हुने मेरो अधुरो सपना पुरा गर्न अहिले उपाध्यक्ष पदमा उमेदवारी दिएको छु। यसअघि तपाईहरूको चाहनालाई पुरागर्ने मेरो सपना अधुरो नै रहेकाले फेरि पनि अझै केही गरौ भन्ने इच्छाशक्तिको साथ तपाईहरुको सहयोग चाहेको छु र फेरि एक पटक हात फैलाएको छु। मलाई तपाईहरु माथि पूर्ण भरोसा र विश्वास छ।'

एनआरएनहरुको माया र सद्भावले नै  पटक पटक अगाडि बढ्न प्रेरणा मिलेको उहाँले बताउँनु भयो। साथै निर्वाचनको परिणामले सुम्पिने जिम्मेवारीलाई पूरा गर्न बाँकी दुई वर्षको लागि तपाईहरुको सेवामा खर्चने र एउटा सामाजिक अभियन्ताको रुपमा आफूलाई समर्पित हुनेगरी समय छुट्याएको उहाँले बताउनु भयो। 

आफ्नो प्रतिपर्धा नेपाली समाजमा व्यप्त समस्याहरूको न्यूनीकरण गर्नु रहेको बताउँदै उहाले आफ्नो स्पष्ट लक्ष्यलाई स्थापित गर्दै अमेरिकामा नेपाली समुदायको सदस्यहरुलाई यहाँंको मूल प्रवाहमा प्रवेश गराउने बताउँनु भयो।  

‘यहि दीर्घकालीन र दुरगामी महत्वका विषयहरुमा आफू र आफ्नो समाजलाई केन्द्रीत गराउने ध्येयका साथ आफ्नो मुद्दालाई अक्षरस पालना गर्दै अघि बढ्दै छु,’ उहाँले भन्नु भयो । निर्वाचनको दौडानमा विभिन्न साना ठूला राज्यहरू र सहरहरूमा पुग्दा तपाईहरुले देखाउनु भएको सदभाव, सहयोग र समर्थनको तालिमले मलाई अरुबढी कटिबद्ध तुल्याएको छ। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?