Tuesday July 08, 2025

एनआरएनए केन्द्रीय निर्वाचन आयुक्तमा चिरन्जीबी ढकाल नियुक्त

२६ असार, २०८० शीतलपाटीन्युज डटकम। 2407


एनआरएनए केन्द्रीय निर्वाचन आयुक्तमा चिरन्जीबी ढकाल नियुक्त

शीतलपाटीन्युज डटकम।

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनको लागि निर्वाचन समिति गठन गरिएको छ।

गैरआवासीय नेपाली संघको आइतवार बसेको अन्तराष्ट्रिय परिषदको बैठकले अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा समिति गठन गरिएको हो।

निर्वाचन समितिको आयुक्त सदस्यमा चिरन्जीबी ढकाल (बेलायत),मन केसी (अष्ट्रेलिया),भूषण घिमिरे (जापान),सोनाम लामा (अमेरिका), टिबी कार्की (कतार) र प्रकाश धमला (कोरिया) रहेका छन् । संघको ११ औं महाधिवेशनमा नयां नेतृत्वको लागि निर्वाचन हुदैछ।

संघका कार्यकारी अध्यक्ष डा.बद्री केसीका अनुसार संघको विधान अनुरुप सो निर्वाचनको अनुगमन गर्नको लागि दुर्गा आचार्यको संयोजकत्वमा एक उच्चस्तरिय अनुगमन समिति गठन गरिएको छ।

सो समितिको सदस्यहरुमा होमनाथ शर्मा,डमर घले, शंकर खड्का,सुरेन्द्र श्रेष्ठ,कलममणी गुरागाई,अर्जुन श्रेष्ठ,नारायण थापा र राजन त्रिपाठी रहेका छन् । अनुगमन समितिमा सदस्यहरु पछि थप गरिने बताइएको छ ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?