Tuesday May 07, 2024

बेलायतमा प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूके सदस्य संख्या २० हजारमाथि

६ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2077


बेलायतमा प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूके सदस्य संख्या २० हजारमाथि

शीतलपाटीन्युज डटकम।

लन्डन। प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ। अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन्।

८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन्दा बढी सदस्य भएका एनआरएनए एनसीसी बनेको छ।

सुनिलबाबु खड्का नेतृत्वको संस्थापन पक्षका ४ हजार एक ८३ सदस्य संख्या रहंदा गाहामगर समूहले झण्डै ५ गुणाबढी सदस्यता वितरण गरेको हो। गाहामगरको कार्यसमितिले सदस्यता निशुल्क वितरण गरेको थियो। २२ जुलाई राती १२ बजेदेखि फेरि ६ महिनासम्म निशुल्क सदस्यता खुलाइने पनि गाहामगरले जनाए। 

गत जुन १५ देखि अनलाइन सदस्यता खुल्ला गरिएको थियो । बेलायतमा दुई समानान्तर एनआरएनए रहंदा गाहामगरले कठिन परिस्थितिबीच दुई वर्षे कार्यकालमा आफूलाई कुशल संगठकका रुपमा प्रमाणित गरेका छन्। 

अध्यक्ष गाहामगरले अब २० हजार सदस्यहरुका साथ नेपाल सरकारसंग वंशजको नेपाली नागरिकता निरन्तरता अभियान सशक्त रुपमा अगाडि बढाउने उद्घोष गरेका छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?