Sunday May 12, 2024

बुद्धिस्ट गुम्बा रेडींग यूकेको प्राण प्रतिष्ठा पुजा २४ अगस्तमा भब्य रुपमा सम्पन्न 

८ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1746


बुद्धिस्ट गुम्बा रेडींग यूकेको प्राण प्रतिष्ठा पुजा २४ अगस्तमा भब्य रुपमा सम्पन्न 

 शीतलपाटीन्युज डटकम।

“ बहुजन हितायः बहुजन सुखायः “

भगवान बुद्धको  यो पवित्र बचनलाई आत्मसाथ गर्दै बेलायती भुमिमा नेपालमा जन्मनु भएका भगवान गौतम बुद्धको “अहिंसा र शान्ति”को शिक्षालाई मानव समाज र समुदायमा बिस्तार गर्दै लैजाने र आफ्नो मौलिकता सहितको कर्मकाण्ड विधि परम्परालाई जिवन्त राखी पुस्तान्तरणको उदेश्यले स्थापना गरिएको बुद्धिस्ट गुम्बा रेडिङ् युके,यस बर्षको बुद्ध जयन्ति ५ मईका दिन विश्व प्रशिद्ध महामहपोध्यय खेन्छेन पेमा शेरब रिन्पोछे ज्यूको बाहुलीबाट भूमिशोधन तथा प्राण प्रतिष्ठा पूजा अनुष्ठान,बिधिवत् रुपमा सम्पन्न गरिएको थियो। 

२४ अगष्ट भाद्र शुक्ल अष्ठमी मंगल उपोषधको पूण्य तिथि अनुकूल गुम्बा भित्र स्थापना गरिएको भगवानको त्रिकाय प्रतिमा हरुलाई गुम्बाको मुल गुरु खेन् रिन्पोछे शिर लामा गुरुङ ज्यूको अगुवाईमा खेन रिन्पोछे दशरथ गुरुङ, खेन रिन्पोछे रन बहादुर गुरुङ,लामा भिक्षु किसन घले र लामा काजी गुरुङको उपस्थितिमा बिधिवत् रुपमा प्राण प्रतिष्ठ (रब्ने) पुजा गरि भगवानको प्रतिमा (मुर्ति) हरुको आँखा खोल्ने कार्यक्रम भब्यरुपमा सम्पन्न गरियो। गुम्बा भित्र स्थापना गरिएको साढे पाँच फिट अग्लो सुनको जलप लगाएको भगवानको विशाल प्रतिमाहरु बिचमा बुद्ध अमिताभको प्रतिमा र प्रतिमालाइ दैनिक पानी चढाउने तिंग सेट (७ वटा) मेजर श्री जय बहादुर गुरुङ (एमभिओ) श्रीमती राम कुमारी गुरुङबाट प्रायोजन गर्नुभएको थियो। दाँया तर्फ आर्य अवलोकितेश्वर तमु धिँ युकेका पुर्व अध्यक्ष श्री कमल गुरुङ र एनआरएनए युकेका पूर्ब अध्यक्ष श्रीमती पुनम गुरुङबाट आमा स्वर्गीय श्रीमती लालशोभा गुरुंगको पूण्य स्मृतिमा प्रायोजन गर्नु भएको थियो भने बाँयां तर्फ गुरु रिन्पोछे पद्मसंभवको प्रतिमा मेजर उदय बहादुर गुरुङ एमबिईबाट आफ्नो श्रीमती स्व: बुद्धिलक्ष्मी गुरुङको पुण्य स्मृतिमा प्रायोजन गर्नुभएको थियो।

 

अन्य मूर्तीहरुको हकमा आर्य अवलोकेश्वरको मूर्ती ले. जस बहादुर गुरुंग,झम्बला (कुबेर)को मूर्ती श्री पदम बहादुर गुरुंग र श्रीमती गज कुमारी गुरुंग, तारादेबीको मूर्ती श्रीमती भाइखु गुरुंग,बज्रसत्वको मूर्ती क्या. श्री खर्कमान गुरुंग/श्रीमती समिना गुरुंग र श्री झलक बिर गुरुंग/श्रीमती सगुन गुरुंग,आर्य मन्जुश्रीको मूर्ती,श्री रेशम बहादुर/श्रीमती देवी गुरुंग र श्री नारायण बहादुर गुरुंग/श्रीमती भिम कुमारी गुरुंग,गुम्बा भित्र राखिने स्तूपा ट्रस्टी श्रीमती मीना गुरुंगको माइती सपरिवार,५ फिटको मण्डला भूम्दी टूनारा दाज्यूभाई दिदी बहीनी परिवार,७ फूटको म्हाने खोर्लो अध्यक्ष श्री खेम बहादुर गुरुंग/श्रीमती कृष्णा कुमारी गुरुंग,बत्ती बाल्ने घर स्वर्गीय हरि/पूर्ण परिवार,७ फूटको गुरुरिम्पोछे मूर्ती , रेडींग म्हनेपा संघ,गुम्बाको मूलढोका श्रीमती जगन कुमारी गुरुंग,मिर्ग र धर्मचक्र श्रीमती पूर्णसुवा गुरुंग, श्री चन्द्रमान गुरुंग/श्रीमती राधा गुरुंग,श्री सूर्यमान गुरुंग/श्रीमती बीना गुरुंग र गूजर श्रीमती मिन कुमारी गुरुंग,१ फूटको तारा देबीको मूर्ती श्री किम बहादुर गुरुंग र श्रीमती इन्द्र कुमारी गुरुंगले दिनु भएको थियो।

यसै गरी गुम्बा गुम्बा भित्र राखिने चांदीका सामानहरु र अन्य सामग्रीहरु गुम्बा परिवार लगायत बेलायत भित्र र बाहिरका थुप्रै मनकारी दाताहरुको सहयोग उपलब्ध भएको थियो ।

२१ अप्रिल २०२३ का दिन स्थापना भएको यस बुद्धिस्ट गुम्बा रेडींग यूकेमा १२ जना ट्रस्टीहरु क्रमशः इ. खेम बहादुर गुरुंग (अध्यक्ष),ले.जस बहादुर, में. जय बहादुर गुरुंग एमभिओ,श्री कृष्ण बहादुर गुरुंग (उपाध्यक्ष),श्री नर बहादुर गुरुंग (उपाध्यक्ष),श्रीमती रजनी गुरुंग( आमा अध्यक्ष),श्री चन्द्रमान गुरुंग (प्रोपर्टी कोअर्डीनेटर),श्रीमती उषा गुरुंग,में.बुद्धी बहादुर गुरुंग (कोषाध्यक्ष),श्री कमल गुरुंग(महासचिव),श्री भिम कुमारी गुरुंग र श्रीमती मीना गुरुंग हुनुहुन्छ। 

मनग्य भक्तजनहरुको माझमा, गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुंग ज्यूले गुम्बाका अध्यक्षज्यू सहित १२ जना मुख्य ट्रस्टीहरु,३ जना ठूला मूर्ती दाताहरुलाइ प्रतेक लाइ १/१ वटा झम्बला (कुबेर) को मूर्ती र अन्य मूर्ती र सामग्री दाताहरुलाइ खादाले सन्मान गर्नु भएको थियो भने गुम्बा किने बाट हालसम्म दिनहुं जसो गुम्बामा अनवरत सेवा गर्दै आउनु भएका श्री दिल बहादुर गुरुंगलाई १ तोलाको सुनको औठी र खाताले सन्मान गर्नु भएको थियो।

अध्यक्ष लगायत ३ वटा मूर्तीदाताहरुले बत्ती बाली शुरु गरिएको उक्त प्राण प्रतिष्ठा पूजामा,महासचिव श्री कमल गुरुंग र सचिव श्री युवराज गुरुंगले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष श्री नर बहादुर गुरुंगले स्वागत मन्तव्य दिनु भएको थियो भने तमू धीं यूकेका उपाध्यक्ष श्री जूमकाजी गुरुंग,एनआरएनए युके पूर्व अध्यक्ष श्रीमती पूनम गुरुंग,डाइमण्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष श्री योगेश गुरुंग र तमू धीं यूके ह्याम्पसायरका अध्यक्ष श्री उत्तर बहादुर गुरुंगले गुम्बा परिवारलाइ बधाइ ज्ञापन गरेका थिए र  गुम्बाका अध्यक्ष ई.खेम बहादुर गुरुंगले धन्यवाद दिनु भै कार्यक्रम समापन गर्नु भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?