९ आश्विन, २०८०
शीतलपाटीन्युज डटकम।
इड्गलैण्ड।अध्य्क्ष्य शम्भु प्रसाद अर्यालको अध्यक्षतामा एनआरएनए इंड्गलैंड राज्य समन्वय परिषदको दोस्रो बैठक सम्पन्न भयको छ। यही २४ सेप्टेम्बर २०२३ को दिन जुम मार्फत बैठक बसी बिभिन्न निर्यणहरु पारित गरिएको छ।
परिषदले नयाँ पदाधिकारीमा कोषाध्यक्ष श्रीमती राममाया बिस्ट,सहकोषाध्यक्ष भीम बहादुर भोलाम तथा सदस्य द्वय राम प्रसाद न्यौपाने र तुलसीराम सापकोटा नियुक्ति गर्दै उहाहरुलाई स्वागत र परिचय कार्यक्रम राखेको थियो। उक्त बैठकमा पुरानो कार्य समितिबाट परिषदको पुरानो सामाग्री ह्स्तान्तरनको लागि यथाशिघ्र चांडो बैठक बस्ने पनि निर्णय गरेको छ।
परिषदले बेलायती नेपाली समाजमा अन्य समाजिक सस्थासंग संयोजन गर्न संयोजकमा उपाध्यक्ष देउमान ईजम र सूचना तथा संचारको संयोजकमा सह कोषाध्यक्ष भिम बहादुर भोलामलाई जिम्मेवारी दिने सर्वसम्मत निर्णय गर्यो।
परिषदका अध्यक्ष अर्यालको अध्यक्षता भयको जुम बैठक सचिब श्रीमती अन्जु कुँवरले संचालन गर्नु भएको थियो।