Saturday April 27, 2024

नेपाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाको अध्यक्षमा बम थापा सूर्यवंशी मगर चयन

१ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1584


नेपाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाको अध्यक्षमा बम थापा सूर्यवंशी मगर चयन

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाको अध्यक्षमा बम थापा (सूर्यवंशी) मगर चयन भएका छन्। 

एम्पायर हल अल्डरसटमा १६ डिसेम्बर २०२३ मा भएको आदीबासी जनजाती महासंघ युकेका अध्यक्ष प्रमुख अतिथी कर्मा पहाडी रहेको चौथो अधिवेशनबाट सूर्यवंशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष मगर यसअघि उपाध्यक्ष थिए। लामो समय ब्रिटिस सेनामा सेवा गरी अवकास प्राप्त सूर्यवंशी निरन्तर पत्रकारिता गर्दै आएका छन्। 

यसैगरी नयाँ कार्यसमिति उपाध्यक्षमा लिलासेलिङ माबो,सचिवमा अमित थेवे,सहसचिवमा तेज माबो,कोषाध्यक्षमा डा.महा राई चयन भएका छन्। सदस्यहरुमा क्रमशः रोमियन लिम्बु,ईश्वर चाम्लिङ,जेबी राई,विश्वजित थापा,पम्फा गुरुङ र रुद्र थापामगर चयन भएको निर्वाचन समितिले जनाएको छ । 

नयाँ कार्यसमिति घोषणाका लागि पूर्वअध्यक्ष विश्वासदीप तिगेला निर्वाचन आयुक्त रहेको समितिमा पूर्वअध्यक्षद्वय किरण टि.लिम्बु सदस्य र प्रमिला लाबुङ सदस्य सचिव रहेको समिति बनाइएको थियो। 

अधिवेशनको पहिलो चरणमा संगठनको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो। प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युके शाखाको अध्यक्ष कर्मा पहाडी शेर्पा,भक्त दुरा, किरात राई यायोक्खा युकेका अध्यक्ष चन्द्र राई,नेपाल पत्रकार महासंघ युकेको पूर्वअध्यक्ष नरेश खपाङ्गीमगर,नेपाल मगर संघ युकेका उपाध्यक्ष रुद्र थापा लगायतले शुभकामना दिएका थिए।
यसैबीच कार्यक्रममा विगत वर्ष झैं  युकेका नेपाली समाजमा पत्रकारिताको माध्ययमबाट योगदान पुर्‍याए बापत पत्रकार विमला सेनेलाई सम्मान र गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई नगद १०० पाउण्डको  पुरस्कार प्रदान गरियो। नगद पुरस्कारको सौजन्य निवर्तमान अध्यक्ष गोमा रानाले गर्नुभएको थियो। 

अध्यक्ष रानाको सभापतित्वमा भएको अधिवेशनलाई सचिव लिला सेलिङ माबोले सञ्चालन गरेकी थिइन्। 

फोटो- गोर्खा मिडिया।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?