Friday February 14, 2025

सयपत्री परियार समाज बेलायतको दोस्रो अधिवेशनबाट अध्यक्षमा कुमार घले

२ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1720


सयपत्री परियार समाज बेलायतको दोस्रो अधिवेशनबाट अध्यक्षमा कुमार घले

शीतलपाटीन्युज डटकम।

लण्डन। सयपत्री परियार समाज बेलायतको दोस्रो अधिवेशन गत ०९ डिसेम्बर २०२३ को दिन ठमेल रेष्टुरेन्ट अल्डर्सटमा भब्यताका साथ सम्पन्न भएको छ। समाजका महासचिव रबिन परियारले समाजका अध्यक्ष दिलिप मोहोराको अनुमति लिदै कार्यक्रम सँचालन गर्नु भएको थियो। 

आधिकारिक कार्यक्रमको प्रकृया अनुसार सम्पुर्ण पदाधिकारी र सल्लाहकारहरुलाई आशन ग्रहण गराए पछि छोटकरीमा हेल्थ एण्ड सेफ्टी सम्बन्धि जानकारी गराईयो। यस वर्ष  दिवङवत हुनुभएका मृत आत्माहरुको चिरशान्तिको कामना गर्दै दुई मिनट मौनधारण गरीएको सो कार्यक्रममा समाजका अध्यक्षको श्रीमति रमिला मोहोरा र वरिष्ठ सल्लाहकारको श्रीमति बिमला सिवाले संयुक्त रुपमा दिपप्रज्वलन गरि कार्यक्रमलाई उदघाटन् गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई समाजका उपाध्यक्ष कुमार घलेले स्वागत मन्तब्य दिनु भएको थियोI 

पहिलो कार्यसमितिको वार्षिक प्रतिबेदन समाजका महासचिव रबिन परियारले प्रस्तुत गर्नु भएको थियो भने कोष सम्बन्धी समाजका कोषाध्यक्ष कुमार दर्जि र सह-कोषाध्यक्ष किरण परियारले सदस्यता र बैकमा भएको कोषको आयव्यय बारे विवरण प्रस्तुत गर्नु भएको थियोI

मन्तब्य राख्ने क्रममा समाजका उपाध्यक्ष कुमार घलेले समाजको प्रथम कार्यसमितिले के कस्ता कामहरु गर्दै अगाढि बडेको छ भन्ने बारे घाम लागे जस्तै छर्लङ्ग छ यो भन्दा धेरै भन्नु चाहान्न यहाहरु सबै जानकार हुनुहुन्छ आफ़ै मुल्यङ्क गर्नु होला भन्नु भएको थियो।त्यस्तैगरी समाजका सल्लाहकार सुनिल त्रिखत्रिले पनि समाजको एउटा सल्लाहकारको हैसियतले समाजलाई कसरि अगाडि बढाउनु पर्छ भनि आफ़्नो  बहुमुल्य सुझाव राख्नु भएको थियो।सल्लाहकार झलक परियारको श्रीमति बिष्णु देवि परियारले पनि समाजमा बस्नु र समाज बनाउनु एक भएर,जुटेर अगाडि बढाउनु पर्छ भन्दै गहिकिलो शब्दहरुले समाजलाई सुझाव दिनु भएको थियो। उत्तर बर्देवा समाजको मिडिया प्रचार प्रसार बिभागिय प्रमुखले पनि  माथिको बक्ताहरुको सहमत जनाउदै नव कार्यसमितिले सबै मिलाउनु हुन्छ भन्ने पुर्ण बिस्वास लिएको मनसाय व्यक्त गर्नु भयको थियो।

अध्यक्ष दिलिप मोहोराको कार्यकाल भरि के कति उन्नति प्रगति गर्नु सफ़ल हुनुभयो छर्लङ छ भन्दै समाजको लागि एक अनुभवि अग्रज बिभिन्न क्षेत्रमा निपुण हुनुहुन्छ। उहाँको पाईलालाई हामीले अनुकरण गर्नु पर्छ। उहाँले गर्नुभएको कामको मुल्य मान्यताको लागि योग्दानको उच्च कदर गर्दै हाम्रो सयपत्री परियार समाज युकेको सँस्थापक अध्यक्ष हुनुहुन्छ भन्दै समाजको महासचिव रबिन परियारले घोषणा गर्नु भयो। उपाध्यक्ष कुमार घलेले खादाले सम्मान गर्नुभयो। यो सम्मान गरिए वापत अध्यक्क्षले आश्चर्य मान्दै सबैलाई धन्यावाद दिनु भयो। जुनसुकै परिस्थितिमा पनि उहाँ समाजको हितको लागि रहिरहने प्रतिबद्धता जाहेर गर्नु भयो।

अन्तमा सयपत्री परियार समाज युकेको दोस्रो कार्यसमिति चयनको लागि निर्बाचन मण्डलमा निर्वाचन आयुक्त नविन सिवा,निर्बाचन सचिव भक्त दर्जि र सदस्यमा श्रीमति श्रेना सुन्दास (परियार) रहेको कमीटी गठन भएको थियोI निर्वाचन मण्डलबाट बिधान बमोजीम निम्न  पदमा निम्न ब्यक्तित्वहरु निर्वाचित हुनुभएको घोषण गरीएको  थियो। जस्मा अध्यक्ष कुमार घले,उपाध्यक्ष झलक परियार,महासचिव रबिन परियार,कोषाध्यक्ष कुमार दर्जि,सचिव बिकाश रनपहेली,सहकोषाध्यक्ष सुश्री रनजु चाहार,प्रचार प्रसार बिभाग उत्तर बर्देवा,मनोरञ्जन बिभाग देबेन्द्र मोहोरा,मनोरन्जन सहायक  श्रीमति श्रेना परियार,सम्पत्ति  बिभाग किरण परियार रहनु भयको छ।

कार्यसमिति चयन पछि नवनिर्बाचित अध्यक्षलाइ निर्वाचन आयुक्तले सफ़त ग्रहण गर्राउनु भयो। अध्यक्षले सम्पुर्ण नव निर्बाचित कार्यसमिति पदाधिकारीहरुलाई सफ़त ग्रहण गराउनु भयो। त्यस पछि आगामी कार्यसमितिहरुले गर्ने कामको बारे प्रतिबद्धता जाहेर गर्नु भयको थियो।

यो दोस्रो अधिवेशनको कार्यक्रमलाई सफ़ल बनाउनुको मुख्य भुमिका निभाउनु हुने,खानापिना तथा भरपुर मनोरञ्जन दिलाउन सहयोग गर्ने श्रीमति रमा परियार,श्रीमति सुनिता त्रिखत्रि,रन्जु चहार,कल्पना मोथेलाई समाजको तर्फ़बाट धेरै धेरै धन्यवाद टक्याईएको थियो।

कार्यक्रमको अन्त हुदै जाँदा मिठामिठा गफ़ भलाकुसारि गित संगित सुन्दै फ़ेरि अर्को वर्ष भेटघाट गर्ने वाचा गर्दै समयको पावन्दिले बाँधेर बध्यातावस आ-आफ़्नो गन्तब्य तिर लागियको उत्तर बर्देवाले बताउनु भयको छI 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?