Sunday April 28, 2024

मह जोडी बिहीबार लन्डन आउंदै, शो हेर्न दर्शक उत्साहित

३ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1242


मह जोडी बिहीबार लन्डन आउंदै, शो हेर्न दर्शक उत्साहित

शीतलपाटीन्युज डटकम।

लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन्।

‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ।सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भव्य स्वागत गर्ने तयारी भएको जनाउंदै त्यस दिन बेलायतवासी नेपाली दर्शक,पत्रकारहरु र आयोजक समितिका पदाधिकारीलाई सहभागी भइदिन अपिल गरेका छन्।

'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बेलायत आगमन हामी समस्तनेपालीका लागि गर्वको कुरा पनि हो', तामाङले भने, 'त्यस दिन तपाईं हामीएयरपोर्टमा पुग्न सक्यौं भने भेट्रान कलाकारहरुको हौसला बढ्ने छ।'बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह टुरको व्यापक तयारी गरेकोछ।

मह जोडीको पहिलो कार्यक्रम आउंदो शनिबार (२३ डिसेम्बर) दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ।ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन्। अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईलेपनि प्रस्तुति दिनेछन्।

 मह प्रस्तुति अवलोकन गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,स्थानीय मेयरहरु, काउन्सिलरहरु,नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने बताइएको  छ।

 दर्शकहरुमा उत्साह-

 मह जोडीको कार्यक्रम हेर्न दर्शकहरु निकै उत्साहित रहेको आयोजकले जनाएकाछन्। प्रहसन हेर्न लन्डनबाहिरका शहर पिटरबरो, रेडिङ,टिडवर्थ,अक्सफोर्डसायर, ग्लोष्टरसायर,आयल्सबरी,वार्टफोर्ड लगायतबाट दर्शक आउन लागेको भीमतामाङले बताए।

'दर्शकहरुले शोका लागि एकदम उत्साह देखाइरहनुभएको छ। म कार्यक्रम व्यवस्थापनमा लाग्नु परेकाले सबै फोन रेस्पोन्स गर्न सम्भव नहुन सक्छ।त्यसकारण तपाईंहरुले अनलाइन टिकट सुनिश्चित गरि कार्यक्रम नछुटाउन मेरोसुझाव छ',उनले भने।

 यो लिंकमा गएर टिकट किन्न सकिन्छ:

 ह्यारो :

https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE

अल्डरशट :

https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo

 सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्ष माथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको  छ।

टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि सेन्टरले आग्रह गरेको छ।

यो कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मदत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?