१५ पुष, २०८०
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। मैले हिजो पनि लेखि सकेको छु की कुनै पनि नेपालीको अकालमा ज्यान जानु हुदैन। बालकुमारीमा घरबार धान्नका लागी कोरीया जान चाहेका युबाहरु प्रति कुनै अन्याय भएको थियो भने त्यो सरकारको गल्ती हो। त्यस्को संजाय सरकारले पाउनु पर्दछ। डिएसपी लंम्सालले किन पाउने? मंन्त्रीको पिएसओले किन पाउने?
तर जब कोहि आफ्ना माग मनाउनका लागी कानुन हातमा लिएर अराजक हुन्छन् र उनिहरुले बाटो जाम गरी लाखौं नागरीकहरुलाइ दुख दिदै प्रहरी माथि नै ढुंगा मुडा हान्छन्,प्रहरी थाना चौकी माथि आक्रमण गर्दछन्,सडकका डिभाइडर ध्वन्स पार्दछन् र मंन्त्रीको गाडी जलाउछन् र अझ देसका मंन्त्रीलाइ नै आक्रमण गर्न तम्सन्छन् भने त्यती बेला त्यो देसको पुलीसले गर्नु पर्ने काम के हो त? मेरो बिचारमा त्यो सिचुएसनमा प्रहरीले गर्नु पर्ने काम त्यहि हो जुन लंम्सालले गरे। फेरी लंसाल निलंम्बन किन हुने ? उनि त पुरस्क्रित हुनु पर्ने होइन र ?
पुलीसलाइ सरकार र जनताले नै लाठि पिस्तौल र हतीयार यसै कारण दिएका हुन्छन् किनकी अराजक ह्रींस्रक र अपराधीक कार्यहरु केबल बोलीले नियन्त्रण हुन सक्तैन। यस्का लागी गोलीको पनि प्रयोग गर्नु पर्ने हुन्छ। लंम्सालले जनता र सरकारले दिएकै अधिकार प्रयोग गरेर शान्ती शुरक्षा कायम गर्न गोली चलाए। यस्मा उनी निलंबन हुनु पर्ने कारण के छ त?
गोली फुल होइन। न यो मुस्कान सहित प्रदान गरीने सेबा हो। गोली तब चल्छ जब यो कुरा तय हुन्छ की यस्को प्रयोग नगरे त्यस स्थानमा थप क्षती हुनेछ। देसका मंन्त्रीलाइ नै गाडि भित्रै जलाउने योजना छ। त्यो काम सुरु भै सकेको छ। मंन्त्री भाग्नु पर्ने अबस्था आइ सकेको छ र अब केहि नगरे ति मंन्त्रीको ज्यान समेत जान सक्छ भने त्यो अबस्थामा गोली नचलाए कुन अबस्थाम चलाउने त? यदी लंम्सालले गोली नचलाएका भए आम मान्छेले भन्न सक्थे “तिम्लाइ हतीयार किनेरै दिएको मतलब के त?” उनी कायरताको आरोपमा जागीरबाट हटाइन पनि सक्ने थिए। फेरी गोली चलाएर लंम्सालले के गल्ती गरे त ?
लंम्सालले न कायरता देखाए न उन्ले गलत अबस्थामा गोली चलाए,फेरी उनि निलंम्बन हुने किन? निलंम्बन त ति मंन्त्रीलाइ गर्नु पर्ने थियो जो बिना सुचना उन्कै कारणले उग्र भएका भिडको बाटोबाट मुर्खता पुर्ण आएका थिए। के उनि गन्तब्यमा जान सक्ने अरु बैकल्पिक बाटो थिएनन् र?
कोहि नागरीक कोरीया जान पाएनन्। कोहि माथि अन्याए भयो होला, त्यस्मा म पनी दुखि छु तर त्यो अन्याए पुलिसबाट भएको त होइन। अन्याए एउटाले गर्ने। कसैको अन्याए वा गलत निर्णयले सडक अराजक हुने र लाखौ नागरीक आतंकित र अपठेरोमा पर्ने। त्यो अराजकता नियन्त्रण गर्न प्रहरी खटाइने र ती प्रहरी माथिनै ढुंगा मुडा हुने। समस्या उब्जाउने सरकारका मंन्त्री त्यो हुल जिस्काउन त्यही हुलबाट आउने र गोली चलाइ तिन्को जिबन रक्षा गर्न प्रहरी लाइ बाध्य बनाउने। अनि त्यही असल काम गर्ने प्रहरीलाइ निलंम्बित हुनु पर्ने किन? यो कहाको न्याय भयो ?
नेपालमा अहिले अराजकता हाबी भएको छ। जताततै अराजकता। जस्लाइ जॉहा जे मन लाग्यो त्यहि गरीदिए हुने। जे पनि बोलीदिए हुने। समस्या नेता र सरकारमा बसेकाहरु बाट निस्कने र निलंबन हुनु पर्ने प्रहरी किन?
मलाइ बालकुमारीमा ज्यान गुमाएका युबाहरु प्रति गहिरो दुख छ। यो नभएको भए राम्रो हुन्थ्यो तर त्यत्तीकै दुख डिएसपी लंम्साल र पिएसओ माथि पनि छ जो आफ्नो कर्तब्य निभायकै आरोपमा अन्याय पुर्बक निलंम्बन गरीय। सरकारले यो गलत निर्णय गरेको छ।
जब भिडले कानुन आफ्नो हातमा लिन्छ तब गोली बाहिरीन्छ। सुरक्षा फौजलाइ गोली यसै कारणले नै दिइन्छ। प्रहरीका सानो प्रयास बाटै अराजक समुह आफ्नो ठॉउमा आइ दिएको भए गोली बाहीर आउने थिएन। त्यो राम्रो हुन्थ्यो। तर दोस भिडको पनि थीयो। भिडले भन्ला दोस सरकारको थियो। दोस जस्को होला तर प्रहरीको थिएन। प्रहरीले त केबल आफ्नो कर्तब्य निभाएको थियो। कर्तब्य निभाउदा फेरी डिएसपी लंम्साल माथि अन्याए किन? के उनिहरुले मंन्त्रीलाइ पनि कुटी कुटी मार्न दिनु पर्दथ्यो? जोगाउन र बचाउन प्रयास नै गर्नु हुन्थेन? बचाउनु पर्दथ्यो भने कसरी त? जुन हुलले प्रहरी कार्यालय माथि समेत आक्रमण गरी सकेको थियो,त्यो भिड फुल दिएर रोकीन्थ्यो त? रोकीन्थेन भने गोली चलाइएकोमा संजाय किन त?
गोली बन्छ र चल्छ नै घाइते बनाउन वा मार्न। यो प्रहरीलाइ दिएकै पनि यस्तै बेलामा प्रयोग गर्नकै लागी हो। फेरी लंम्साललाइ मात्र किन निलंम्बन त ? गोली त लंम्सालले पनि चलाएका होइनन् होला। लंम्सालले नैतिक जबाफदेहिता लिनु हो भने सिडीओ र एसपी किन निलंम्बन भएनन् त? त्यो भन्दा माथि पनि कीन निलंबन नगर्ने?
लंम्साल माथिको कारबाहीले भोली प्रहरीहरु सही समयमा पनि बल प्रयोग गर्न नसक्ने हुनेछन् जस्को क्षति जनताले र सरकारले अकल्पनिय रुपमा ब्यहोर्नु पर्ने छ। नेपाल पुर्ब प्रहरी संगठन लंम्साल र पिएसओ माथिको निलंम्बनको बिरोध गर्दछ र यो गल्ती तत्काल सच्याउन सरकारसंग अनुरोध गर्दछ। कारबाही ती ब्यक्तीहरु माथि हुनुपर्यो जस्ले कोरीया जाने युबाहरु माथि अन्याय गरे।
(लेखक -बसन्त कुंवर,राष्ट्रीय अध्यक्ष,
नेपाल पुर्ब प्रहरी संगठन)