Tuesday May 20, 2025

सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

२९ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1585


सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

शीतलपाटीन्युज डटकम,२०८० पुष २८ गते।

पोखरा। बेलायतका नेपालीहरूको उल्लेख्य लगानी रहेको नेपालको पहिलो ब्यापारीक सोलार कम्पनी, सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। पोखरा लेकसाइडस्थित होटल मालाको सभाकक्षामा भएको साधारणसभा,सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको थियो ।

करिब ४० जना सेयर सदस्यहरूको प्रत्यक्ष उपस्थिति रहेको, ६ जना जूम मार्फ़त बेलायत र क्यानाडाबाट जोड़िएका साधारण सभाको कार्यक्रम कम्पनीका सचिव  राजन पाठकले सन्चालन गरेका थिए। सन्चालकले उपस्थित सबैजनालाई आसन ग्रहण गराउँदै साधारण सभाबारे संक्षिप्त रुपमा प्रकाश पारेका थिए।

वार्षिक साधारण सभालाई बुँदागत रुपमा अघि बढाउदै सभाध्यक्ष मोहन गुरुङले आफ्नो बार्षिक प्रतिबेदनमा विगत एक वर्षदेखिको कृयाकलापबारे प्रकाश पारेका थिए ।

यसैगरी, आर्थिक प्रतिबेदनबारे कम्पनीका सिईओ एलएन पाण्डेले हालसम्मको आर्थिक कारोबारलाई पावर प्वाईन्टको माध्यमबाट स्पष्ट गरी खुलाएका थिए।

यसैबीच कम्पनीको ठूलो सेयर होल्डर डोल्मा ईम्प्याक्ट फण्डको तर्फबाट कम्पनीका म्यानेजिंग डाईरेक्टर विद्यावारिधि सिक्देलले डोल्मा ईम्प्याक्ट फण्डको लगानी र सोलार फार्म लिमिटेडलाई शुरुमा लगानी गरेको अग्रधिकार शेयर र अब पूर्णरुपमा कम्पनीको साधारण हिस्सेदारमा परिबार्तित भई सबै सेयर होल्डरसरह रहने बारे प्रष्ट पारेका थिए। कम्पनीले गत बर्ष कै खुद मुनाफाबाट अग्रधिकार शेयर होल्डरलाई दिनु पर्ने लाभांश पनि चुकता गर्ने निर्णय गरेको थियो I

कंपनीका अर्का ठूला लगानी कर्ता कुमारी बैँकका प्रतिनिधि अश्विन बाबू श्रेष्ठले कंपनीले निकट भबिष्यमा जारी गर्ने आई पी ओ बारे प्रकाश परेका थिए I छलफलका लागि प्रस्तुत बुँदाहरु सहज र मैत्रीपूर्ण वातावरणमा छलफल गरी निर्णय लिइएको थियो ।

अन्तमा सभाध्यक्षबाट सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरी सबैलाई एक एक वटा दोसल्ला मायाको चिनोको रुपमा प्रदान गरिएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?