Friday May 03, 2024

बेलायतमा मृत भेटिएका सन्दीपको परिवारसँग सम्पर्क

१३ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1254


बेलायतमा मृत भेटिएका सन्दीपको परिवारसँग सम्पर्क

शीतलपाटीन्युज डटकम।

लण्डन। लन्डनमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको नेपालमा उनको वुवा बेन कुमार तामाङ र बेलायतमा उनी बस्ने घरका  बेटी सिंहजी सँग सम्पर्क भएको कुरा एनआरएन प्रवक्ता लक्ष्मी तमाड्गले जानकारी दिनु भयको छ।

पारिवारिक स्रोतका अनुसार तामाङ केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएका थिए। तामाङको शव बुझ्ने र नेपाल लैजाने वा बेलायतमै अन्त्येष्टि गर्ने जस्ता विषयमा नेपाली दूतावास लण्डनको दायित्व भएको हुदा अहिले यो जिम्मेवारी  दुतावासले लिएको छ।

नेपाली दूतावास लण्डनले यो काम गरेन भने एनआरएनए युकेले गर्छ भनेर हामीले उनको बुवा बेन कुमार तामाङलाई बचन दिएका छौं। तपाईंहरुको चासो र सहयोगप्रति आभार ब्यक्त गर्दछौ भनिएको छ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?