Monday May 06, 2024

नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले गरे स्वागत

२४ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1332


नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले गरे स्वागत

शीतलपाटीन्युज डटकम।

अलडरसट,लण्डन। नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले स्वागत गरेको समाचार छ।

बहुप्रतिभाशाली गायक,गीतकार र अभिनेता यश कुमारलाई सांसद लिय‍ो डोकर्टी (MP Leo Docherty) ले फुल र खादाले एम्पाएरहल अल्डरसट युकेमा स्वागत गरेका थिए।

शुभारम्भमा एस कुमारले शब्द ब्यान्डले सदाबहार गीत चरी मर्यो शीशैको गोलीले जस्ता गीतबाट दर्शकलाई झुमाएका थिए भने दोस्रो चरणमा यश कुमारले सुनेर मनोरञ्जन गर्ने खालका मैले छोएको पानी चल्दैन जस्ता गीत गाएका थिए। त्यसपछि भने कार्यक्रमको अन्त्य सम्मको गीतले नचाएर माहोल तताएका थिए।

औपचारिक कार्यक्रम प्रमिला लाबुङ राइले सन्चालन गरेकी थिइन भने कार्यक्रम सम्योजक भरतमणि चेम्जोङ,सेर सुनार,शब्द ब्यान्ड लगायतको टिम र कार्यक्रम प्रायोजक आशिष ज्वेलर्स,ओजोने रेस्टुरेन्ट, लक्ष्मी ज्वेलर्स,के डि के कोदो,गोर्खा मोर्गेज,सुनगाभा मोर्टगेज,ग्लोबल बुलिअन भल्ट लगायतले प्रायोजन गरेका थिए।

काममा ब्यस्त नेपालीहरु शुक्रबार भएकोले औपचारिक कार्यक्रम निर्धारित समयमा आरम्भ नभए पनि केही ढिलो शुरु भएको र  दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। यश कुमारको कार्यक्रम शिङ्गलटन भिलेजहल हक्सटन अस्फोर्ड केन्ट (TN23 5LB) मा लाईभ शो पनि हुदैछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?