Saturday April 27, 2024

नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्ती सेवा दिदै

२ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1531


नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्ती सेवा दिदै

शीतलपाटीन्युज डटकम।

लण्डन। संयुक्त अधिराज्य बेलायतमा स्थापित नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्तीसेवा प्रदान गर्ने भयको छ। १२ फेब्रुवरी २०२४ मा दुताबासद्वारा जारी बिज्ञप्तिमा घुम्ती सेवा हुने जनाएको छ।

१९ फेब्रुवरी २०२४ सोमवार १०:०० देखि १७:०० सम्म हुने सो घुम्ती सेवा Gothenburg Hotel,138 Queensferry Road,Roseth, KY11 2QY, Scotland मा संचालन हुने जनाईएको छ।

सो घुम्ती सेवामा कन्सुलर सेवाहरु मध्य राहदानी नविकरण,अधिकृत वारेसनामा,कागजात प्रमाणीत,ट्राभल डकुमेन्ट,पर्यटन भिषा,एनआरएन आईडी कार्डका कामहरु गर्ने जानकारी प्रेष बिज्ञप्तिमा जनाइएको छ। 

एनआरएन युके राज्य समन्वय परिषद स्कटलैण्डको सहयोगमा सम्पन्न हुने सो कार्यक्रममा स्कटलैण्ड परिषदका अध्यक्ष दिवाकर पाण्डे,महासचिव राम प्रसाद कडेल र प्रचारप्रसार संयोजक तारानाथ भण्डारीले संयोजन गर्ने कार्यक्रम छ।

घुम्ति सेवा सम्वन्धी अन्य कुरा जानकारी लिन आवस्यक परेमा नेपाली राजदुताबासमा इमेल [email protected] ,फोन 00442072291594,नेपाली राजदुताबास लण्डनको प्रेष बिज्ञप्ति तथा एनआरएन राज्य समन्वय परिषद स्कटलैण्डका अध्यक्ष दिवाकर पाण्डे 07577974837 मा सम्पर्क गरी आवस्यक सुचना लिई उचित सेवा लिन सकिने जनाइएको छ।

बिग्यप्ति-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?