Friday April 19, 2024

मेरो पनि एउटा जागीर थियो : कृष्णकान्त अधिकारी

१६ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1377


मेरो पनि एउटा जागीर थियो : कृष्णकान्त अधिकारी

मेरो पनि एउटा जागीर थियो,

काठमाण्डौ।

 

मेरो पनि,

एउटा जागीर थियो 

जागिर छउन्जेल

देखावटी मान थियो

दृश्य - अदृश्य सान थियो

एउटा निश्चित धरातल थियो

एउटा परिवेश थियो

समय संग चल्नु पर्ने

गतिशीलताको

कडा नियम थियो।

 

जब जागिर रहेन

तब,

देखावटी मानहरु 

अदृश्य हुँदै  गए

सानहरु अस्ताउदै गए

धरातलहरु भासिदै गए

गतिशीलताका नियमहरु

क्रमश : तोडिदै गए।

 

जागीर,

अलिकति उमंग थियो

अलिकति जरुरत थियो

अलिकति संयोग थियो

जगतलाइ नियाल्न सकिने

एउटा कलात्मक 

आखीझ्याल थियो।

 

जागिरे साथिहरु,

कोही युद्धमा ढले

देशसंग खुसी साट्न

नसक्नेहरुले

बिदेशी भुमी रोजे 

आशीर्वाद भित्र

भबिस्य देख्नेहरुले

मुल कर्तब्य भुले 

कर्मको भर पर्नेहरु

क्रमश: किनारा तर्फ झरे।

 

जागीर,

मात्रै, जागीर थिएन

एउटा पद्धति भित्रको 

बिशेष अनुभुति थियो

जिउने एउटा सहरा थियो

समाजको रखबारी थियो

अपराधीहरु उपर 

निरन्तर खबदारी थियो।

 

जागीरले,

केही लिएर पनि गयो

केही दिएर पनि गयो 

 

जागीरले,

जिबनको अमुल्य

समय लिएर गयो 

यौवन र उर्जाशिल 

दिनहरु ढलाएर गयो

असंख्य रहरहरु 

गलाएर गयो

साथ साथै ,जागीरले 

देश भित्रका

भूगोलहरु डुलाएर गयो

समाजभित्रको 

भिन्न भिन्न चरीत्र बुझाएर गयो

कानुनका केही 

दफाहरु सिकाएर गयो

समय समयमा

बिदेशी भुमीसँग 

साक्षात्कार  गराएर गयो

देश भित्रका,

भ्रष्ट र भष्मासुरहरुको 

धेरै धेरै रुपहरु देखाएर गयो

उमेरका शृङ्खलाहरु

ढलाउदै  गयो।

हो , मेरो पनि 

एउटा जागीर थियो।

(कृष्णकान्त अधिकारीको फेसबुकवालबाट साभार)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?