Sunday April 28, 2024

लुम्बिनीमा सात दिने बृहत ध्यान शिविर आयोजना गरिंदै

३० फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1174


लुम्बिनीमा सात दिने बृहत ध्यान शिविर आयोजना गरिंदै

GNNNEWS-

काठमाडौँ - योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानले  बृहत् ध्यान शिविर आयोजना गर्न लागेको छ।

“बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान" भन्ने मूल नारासहित आयोजना गर्न लगिएको ध्यान शिविरमा झन्डै ५ हजार साधकहरुलाई एकै ठाउँमा  सातदिन सम्म  चक्रविज्ञान ध्यान गराइने आयोजकले जनाएका छन्।


एकैपटक ५ हजार जनालाई यसरी ध्यान सिकाउन लगिएको यो सम्भवत:  पहिलो पटक हो। आगामी ३० मार्च देखि ५ अप्रिल  (चैत १७ देखि २३ गते) सम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्षमा  चक्रविज्ञान शिविर सञ्चालन गरिने आयोजकले जनाएका छन्।

मानव विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालको समग्र विकासका लागि प्रत्येक नेपाली शारीरिक र मानसिक रूपमा तत्पर हुनुपर्ने बेला भइसकेको बताए। उनले भने, ‘त्यसका लागि हरेक मानिसले चक्रविज्ञानको कोर्ष लिएर योग र ध्यानमार्फत आफूलाई पूर्ण र असल नागरिक बनाउन सक्नेछन्।’ चक्रविज्ञान साधनामा भाग लिने कर्मचारी वा  नेता नेतृत्वमा पुगे भने देशले सही गन्तव्य समात्ने उनको बताए। उनले भने, ‘देशमा त संविधान कार्यान्वयनमै समस्या छ, जबसम्म हरेक नागरिक आध्यात्मिक चेतना युक्त बन्दैन तबसम्म संविधानले कसरी सही कार्य गर्छ ?’मानव विकास विशेषज्ञ रमेश नेपालले भगवान गौतम बुद्धले देखाएको बाटोमै लुम्बिनीमै ५ हजारलाई ध्यान गराउनु गजबको संयोग हुने  बताए।

जीवन विज्ञान युकेकी संयोजक सरिता शर्माले बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत संसारभरिबाट साधकहरु उक्त बृहत शिविरमा भाग लिन नेपाल जान लागेको जानकारी दिइन्।  उनले पवित्र भूमि लुम्बिनीमा आयोजना गर्न लगिएको उक्त शिविरमा भाग लिन सबै साधक मित्रहरुलाई आग्रह पनि गरिन्।

शिविरमा सहभागी बन्नका लागि यो लिंकमा गएर दर्ता गर्न सकिन्छ :

https://tinyurl.com/mr3py4rn



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?