१८ श्रावण, २०८०
शीतलपाटीन्युज डटकम।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा युरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन्। उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन्।
सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन्। प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन्।
उनले गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा उम्मेदवारी घोषणा गरे पछि अन्तिम समयमा सहमतिको लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता गरेकी थिइन्। सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन्।
उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन्।