Friday May 03, 2024

स्व.बलराम पौडेललाई  सम्झिए मीडल्याण्डबासी नेपालीहरूले

४ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1146


स्व.बलराम पौडेललाई  सम्झिए मीडल्याण्डबासी नेपालीहरूले

शीतलपाटीन्युज डटकम।

नेपाली कांग्रेसका  महासमिति सदस्य एवं बाग्मती प्रदेशका पूर्व मंत्री बलराम पौडेलको यही माघ १७ गते चितवनमा सवारी दुर्घटना परी भएको अकल्पनीय दुखत निधनको ४५ औ पुण्यतिथिमा हिजो मार्च १५ तारीखमा मिडल्याण्डको ग्रान्थममा एक श्रद्धांजली सभा गरी उहाँको सम्झना गरिएको छ।

नेपाली कांग्रेस चितवनका पूराना स्वच्छ छविका नेता पौडेलको ४५ दिनको पुन्यतिथिमा बुबाको सम्झनामा  बेलायतको मिडल्याण्ड ग्रान्थममा बस्ने उहाँका छोराहरु राजेन्द्र पौडेल र उपेंद्र पौडेले राखेको पृति प्रसाद कार्यक्रममा मिडल्याण्ड क्षेत्रका समाजिक व्यक्तित्वहरूको उपस्थित रहेको थियो।

आजभन्दा ठिक एकवर्ष आगाडि बेलायत भ्रमण आउनु भएका समाजसेवी स्व. बलराम पौडेल स्वच्छ विचार र नेपाललाई असाध्यै माया गर्ने सच्चा रास्ट्रभक्त नेता भएको भन्दै सबैले उहाँको आत्मको चीरशान्तको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका थिए।

समाजसेवी केशब भण्डारीले संचालन गरेको सम्क्षिप्त शोकसभा कार्यक्रममा मिडल्याण्ड क्षेत्रका समाजिक अभियन्ताहरू दयानिधि सापकोटा,महेश अधिकारी,रण बहादुर केसी,दीपक सापकोटा,प्रेम आले मगर,राम पंथी,पवन शर्मा,नारायण आचार्य, कमल भण्डारी,किशोर लामिछाने लगायतले स्वं. बुबा बलराम पौडेल प्रति श्रद्धांशुमन प्रकट गरेका थिए। 

पुर्वमन्त्री स्व बलराम पौडेल

उपस्थित सबै शुभचिंतक लगायत परिवारमा  घटेको यस अकल्पनीय क्षतिमा सहानुभूति एवं समवेदना दिनुहुने बेलायत एवं नेपालका सम्पूर्ण महानुभाव प्रति स्व.बलराम पौडेल ज्यूकी धर्मपत्नी कृष्णकुमारी पौडेलको तर्फबाट छोराहरू राजेन्द्र पौडेल र उपेंद्र पौडेलले धन्यवाद र आभार व्यक्त गरेका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?