Friday May 03, 2024

२५ मार्चमा हुने मिडलैन्ड भजनकृतन महोत्सवको तयारी पुरा !

५ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1205


२५ मार्चमा हुने मिडलैन्ड भजनकृतन महोत्सवको तयारी पुरा !

शीतलपाटीन्युज डटकम।

लण्डन। मिडलैन्डमा आयोजना हुनलागेको मिडलैन्ड भजनकृतन महोत्सवको तयारी तिव्रगतिमा भैरहेकोछ। बेलायतवासी नेपालीहरु विचको एकता,भाईचारा र सामाजीक सहयोगलाई बलियो बनाउने उद्धेष्यले आयोजना गर्नलागिएको मिडलैन्ड भजनकिर्तन महोत्सवमा वेलायत र युरोप भरबाट भक्तजनहरु सहभागी हुनेछन।

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार बेलायत र युरोपमा गरी करिब पॅाचसयको हाराहारीमा बिभीन्न संघसंस्था र सामाजीक अभियन्ताहरुलाई निमन्त्रणा गरिएकोछ। धेरै संघसंस्थाहरुले महोत्सवमा सहभागीहुने जानकारी गराईसक्नु भएकोछ।महोत्सवकै लागी बेलायतकै बिभीन्न समाज र धार्मिक गुठीहरुबाट १० भजनमन्डलीहरु सहभागीहुनेछन। आयोजकले महोत्सवमा सहभागी हुने प्रत्यक भजन मन्डलीलाई आधॅा घन्टाको समय भजन प्रस्तुत गर्न दिनेछन।

महासचिव शर्माका अनुसार नेपाली कला र सस्कृतिको संरक्षण र दोर्सो पुस्तामा हस्तान्तरण गर्ने काममा यो महोत्सवले निकै ठुलो योगदान गर्नेछ। महोत्सव बिहान ११ बजेबाट नटिङगहममा रहेको राधाकृष्ण मन्दिरमा सुरुहुनेछ भने मन्दिरमै सॅाझको आरतीगरि समापन गरिनेछ। महोत्सवमा बिभीन्नकारणले उपस्थित हुननसक्नेहरुले पनी आफ्नै घरमा बसेर धार्मिक कार्यक्रमको आनन्द लिनसकुन भन्ने उद्धेष्यले लन्डन नेपाल न्युज डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ।

महोत्सवमा लाग्ने खर्चको आर्थिक संकलन मिडलैन्ड स्थित सबै समाजहरु लगायत समुह बनाई गरिएकोछ। बिभीन्न प्रयोजनमा स्पोन्सर गर्नहरुले दिल ठुलो गरी सहयोद गरिराख्नु भएकोछ। महोत्सवमा उठेको बचत रकम बेलायत र नेपालमा आपतकालीन सहयोगमा प्रयोग गरिनेछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?