Saturday May 04, 2024

गैर आवसीय नेपालीको आर्थिक विकासमै २ वर्ष खर्चिनेछु,नेपाल सरकारलाई समेत व्यापारमा सहयोग गर्छु–एनआरएनए एनसीसीको कोषाध्यक्ष उम्मेदवार सरोज सिग्देल

२८ असार, २०८० शीतलपाटीन्युज डटकम 1773


गैर आवसीय नेपालीको आर्थिक विकासमै २ वर्ष खर्चिनेछु,नेपाल सरकारलाई समेत व्यापारमा सहयोग गर्छु–एनआरएनए एनसीसीको कोषाध्यक्ष उम्मेदवार सरोज सिग्देल

सुरेश कोइराला,

न्यूयोर्क। अमेरिकाका सफल युवा व्यवसायी सरोज सिग्देलले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सवल,सक्षम नेतृत्व गर्न सक्ने खुबी भएका सिलले आगामी २०२३–२०२५ को  एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। 

एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्षमा निवार्चित भएमा गैर आवसीय नेपालीको आर्थिक उन्नितमा सहयोग गर्नुका साथै नेपाल सरकारलाई समेत अमेरिकी सरकारको कर छुट प्राप्त गर्न सहयोग गर्दै व्यापार विस्तारमा सहयोग गर्ने सिक्देल बताउँनु हुन्छ।  

‘आर्थिकरुपले संस्थालाई मजबुत बनाउनु नै मेरो पहिलो प्राथमिकता हो। त्यसैले अमेरिकामा रहेका नेपालीहरुको आर्थिक विकासमा सहयोग पुग्ने योजनाको कार्यन्वयन मेरो कार्यकालमा गर्नेछु । साथै, नेपाली समुदायको चापलाई मध्येनजर गर्दै यसको व्यवस्थापन मिलाउन वाणिज्य दुतावाससँग छलफल गरी सहजीकरण गर्नेछु।’सिक्देलले भन्नु भयो‘अमेरिकाबाट नेपाल सरकारलाई कर छुट दिईएको ७७ बस्तुको व्यापार बिस्तारमा सहजिकरण गर्ने प्रतिवद्धता समेत गर्छु।’

अमेरिकामा जन्मिएका नयाँ पुस्तालाई एनआरएनसँग जोड्ने मिलन केन्द्र बनाउने प्रयास सधै रहने उहाँले बताउँनु भयो। आफु कोषाध्यक्ष पदमा निवार्चित भएमा संस्थालाई वैकल्पिक स्रोत जुटाउनका लागि राज्य तथा केन्द्रिय सरकारको सहकार्य गर्ने, एनआरएनका आर्थिक साक्षरता कार्यलाई प्रभावकारी बनाउने, लगानी  र करका बिषयमा रहेका समस्या समाधनामा कार्यविधि निर्माण र कार्यन्वयन गर्ने, संस्थाको लेखा प्रणालीलाई चुस्त–दुरुस्त र संस्थागन गर्ने लगायत उनको मुख्य एजेण्डा रहेको छ। 

एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्ष पदमा निवार्चित भएमा  गिभीड़ ब्याक कार्यक्रम मार्फत समुदायिक केन्द्रहरूको सहभागितामा जोड दिने,  प्रत्येक महिना आर्थिक कारोबारको भुक्तानी र खरिद बिल सार्वजनिक गर्ने,लगानी र करका  बिषयमा रहेका समस्या समाधनामा कार्यविधि सहितको अगाडि बढ्ने, अमेरिकाबाट नेपाल सरकारलाई कर छुट दिईएको ७७ वस्तुको व्यापार विस्तारमा सहजिकरण गर्ने प्रतिवद्धता समेत सिक्देलले गर्नु भएको छ। 

एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्ष पदका उम्मेदवार सिक्देल लामो समययता विभिन्न सामाजिक अभियानमा समेत सम्लग्न हुनुहुन्छ। उहाँले  सन् २०१५ देपख २०१७ सम्म एनआरएनए हेल्प डेस्ककोअडिनेटर, सन् २०१८ मा नेपाली आध्यात्मिक तथा सास्कृतिक केन्द्रमा बोड अफ ट्स्टि, सन् २०१७ देखि सन् २०१९ सम्म नेपाली अमेकिकन चेम्बर अफ कमर्सको कार्यकारी सदस्य,सन् २०२१ देखि २०२३ सम्म लायन्स क्लब इन्टरनेस्नल डिस्टिक २१ जोन चियर र सन् २०२१ देखि २०२३ सम्म नेपाली समाज टेक्सास आर्थिक कार्य समिति संयोजकको जिम्मेवारी सम्हालिसक्नु भएको छ। 

अमेरिकाभर रहेका विभिन्न च्याप्टरलाई बलियो बनाउँदै विभिन्न संघ संस्थासँग समन्वय गरेर संस्थालाई विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गर्ने उहाँको अठोट छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?