Saturday May 04, 2024

नेपाल प्रहरीमा पाँच एआईजीको सरुवा,उपत्यकामा दीपक थापा

२ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1499


नेपाल प्रहरीमा पाँच एआईजीको सरुवा,उपत्यकामा दीपक थापा

शीतलपाटीन्युज डटकम।

काठमाडौं । सरकारले नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । उच्च स्रोतका अनुसार गत मंगलबारको मन्त्रीपरिषद बैठकको माइन्युटमा नेपाल प्रहरीका पाँच एआईजीहरुको सरुवाको समेत निर्णय भएको बुझिएको छ । 

उक्त निर्णय अनुसार काठमाडौं उपत्यकाको कमान्ड एआईजी दीपक थापालाई दिईएको छ। नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतको परिचय बनाएका एआईजी थापा डीएसपी हुँदा काठमाडौं उपत्यकाकै प्रहरी बृत महाराजगन्ज र एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको नेतृत्व सम्हालि सकेका छन्। 

यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका एआईजी श्यामलाल ज्ञवालीको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ।

सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई पठाएर एआईजी टेक प्रसाद राईलाइ मानवस्रोत बिकास विभागमा सरुवा गरेको छ। त्यस्तै कार्य विभागमा कार्यरत एआईजी मिरा चौधरीलाई प्रशासन बिभाग प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ ।

एआईजी सरुवासंगै सरकारले प्रदेश प्रमुख रहेका चार डीआईजी र केही एसएसपीहरुको हरुको सरुवा गर्ने तयारी थालेको छ। उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर देखिएका मधेस,बागमती र लुम्बिनी प्रदेशका प्रमुख रहेका डीआईजीहरुको सरुवाको तयारी थालिएको छ। मधेस,बागमती र लुम्बिनी प्रदेशको लागि डीआईजीहरु कुबेर कडायत,बिष्णुकुमार केसी,चन्द्रकुबेर खापुङ,बिकासराज खनाल र सुरेन्द्र मैनाली बिच प्रतिस्पर्धा देखिएको छ। गृहमन्त्रालयले गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङको कार्यकाल पुरा भई सकेकोले उनको ठाउँमा डीआईजी बिकासराज खनाललाई पठाउन चाहेको बुझिएको छ। 

मन्त्रालयले काठमाडौं प्रहरीको कमान्ड पनि परिवर्तन गर्ने तयारी गरेको बुझिएको छ । उच्च स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी दानबहादुर कार्कीको ठाउमा एसएसपी भुपेन्द्र बहादुर खत्रीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ। त्यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौर र ललितपुर प्रहरी प्रमुखमा एसएसपी दिनेशकुमार आचार्यको सरुवा हुने बुझिएको छ। एसएसपीत्रय आचार्य, खत्री र राठौर नेपाल प्रहरीमा ब्यबसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन्।

(सुरछ्या न्युजबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?