Sunday May 05, 2024

३ सेप्टेम्बरमा यती नेपाली एसोसीयसन युकेको तीज धमाका

७ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1813


३ सेप्टेम्बरमा यती नेपाली एसोसीयसन युकेको तीज धमाका

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतको पहिलो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम भब्य मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० सालको तीज पर्व मनाउने भयको हो।

एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले बेलायत बसोबास गफरेका सबै नेपालीहरुलाई आफु र आफ्नो मेडम एवम आफ्ना बच्चाहरु लिएर नेपालमा जस्तै तीजको रमाईलो गर्न निमन्त्रणा गर्नु भएको छ।

अध्यक्ष देवानले शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीसंग नेपालीहरुमा आफ्नो चाडपर्ब प्रतिको धारणा राख्दै बिदेशमा रहे पनि चाडपर्व र संस्कृति जगेर्ना गर्ने कार्य आफ्नो जिम्मेबारी पनि हो र हाम्रो पहिचान पनि हो भन्ने धारणा राख्नु भयको छ।

अध्यक्ष देवानले Harrow Borough Football Club, Earlsmead,Carlyon Ave, Harrow HA2 8SS मा हुने सो कार्यक्रमको ब्यापक प्रचार प्रसार गरीदिन शीतलपाटीन्युजलाई अनुरोध गर्नु भयको छ। सो तीजको मनोरन्जन ०३ सेप्टेम्बर २०२३ को १५:३० मा शुरु भै १२ बजे बेलुका सम्म हुनेछ।

नेपालका राष्ट्रिय कलाकार गायीकाहरु बन्दना पाण्डे,भुमिका शाहाले तीजको गीतले नचा उने सो कार्यक्रममा सपन इन्टरटेन्मेन्ट इन्टरनेसनलका प्रोपाईटर सपन राईको तीज कार्यक्रमको म्युजीक डिजे रहने कार्यक्रम छ।

प्रबेस शुल्क १० पाउण्ड रहेको सो कार्यक्रममा ५ बर्षमुनी र ६५ बर्ष माथीका आमाबाबाहरुलाई खाना फ्रि रहने जनाइएको छ।बिदेसमा रहेर पनि परम्परा अनुसारको चाडपर्व मनाउन सबैलाई शीतलपाटीन्युजले पनि अनुरोध गर्दै कार्यक्रम स्थलमा पार्किड्ग फ्रि भयको जानकारी गराउदछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?