Saturday May 04, 2024

गैर आवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष सुनील साहले संघको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने

८ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1733


गैर आवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष सुनील साहले संघको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने

सुरेश कोइराला,

अमेरिका। गैर आवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष सुनील साहले संघको आगामी कार्यसमितिका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आगामी अक्टोबरमा काटमाडौँमा हुन गइरहेको संघको महाधिवेशनमा २०२३(२०२५ कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन । 

साहले आफु वर्तमान कार्यसमितिमा कोषाध्यक्षको रुपमा काम गर्दै गर्दा संस्थामा आर्थिक पारदर्शीता कायम राखेको,संघको बृहत्तर हितको लागि संदैव लागि परेको हुनाले पनि उपाध्यक्ष पदमा उम्मेद्वारी दिन आफुलाई नैतिक बल मिलेको बताए। उनले आफ्नै कार्यकालबाट मासिक रुपमा आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने परिपाटी बसालेका थिए।

हाल विभन्न देशका एनसीसीहरुमा पुगेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिइरहेका साह, त्यहाँको संघलाई कसरी बलियो बनाउने भन्ने बारेमा राय सल्लाह, सुझाव दिइरहेका छन्। विगतमा एनसीसी अमेरिकाको नेतृत्वमा रहेर पनि निकैनै उल्लेखनीय काम गरिसकेका साह आफ्नो अनुभव, सीप र क्षमतालाई केन्द्रमा लगाउन चाहन्छन्।

साहले आफ्नो कार्यकालमा कोभिड १९ महामारीले थिलथिलो बनिरहेको नेपालीहरुलाई सक्दो सहयोग पुर्याएका थिए। साथै उनले मधेशमा ब्लड बैंक बस परियोजनामा पनि अगाडी बढाइरहेका छन्।

हाल एनसीसी अमेरिकाको नेतृत्वमा रहेका डा. अर्जुन बञ्जाडेको टिमलाई जिताउन सफल उनको पछिल्लो समय अन्य देशका एनसीसीहरुसंग पनि राम्रो सम्बन्ध रहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?