Friday May 03, 2024

१६औ रेडिङकप फुटवल २०२३ भब्य सम्पन्न 

१८ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1824


१६औ रेडिङकप फुटवल २०२३ भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम।

लण्डन। रेडिंग नेपाली समाजले गत सन् २००६ साल देखी आयोजना गर्दै आएको रेडिंग कप फुटबल यस बर्ष सोहौं रेडिंग कपको रुपमा यहि सेप्टेम्बर २ मा पाल्मर पार्क रेडिंगमा महामहिम राजदुत ज्ञानचन्द्र आचार्य एवम अतिथी पाहुनाहरुलाई पंचेबाजाले स्वागत गर्दै भब्यरुपमा संपन्न भएको छ । सन् २००६ मा तत्कालिन समाजका अध्यक्ष महेश गुरुंगको नेतृत्वमा बर्तमान ऊपाध्यक्ष प्रेम गुरुंगको परिकल्पना तथा तत्कालिन निबर्तमान अध्यक्ष द्वय अर्जुन बस्नेत र सिबी गुरुंग लगायत तत्कालीन कार्यसमिती र सल्लाहकारज्युहरुको सक्रिय अगुवाईमा शुरु गरिएको यो टुर्नामेन्ट आजसम्म निरन्तर रेडिंग नेपाली समाजको एऊटा गौरबमय महत्वपुर्ण कार्यक्रमको रुपमा मनाऊंदै आईएको छ।

यसै गरी पुर्ब अध्षक्षहरु कृतीबिलास पन्त,मान गुरुंग,कृष्ण न्यौपाने र टेक गुरुंगको कार्यकालमा पनि  सम्पुर्ण बेलायतबासी र बिशेष गरी रेडिंगबासीहरुको सहयोगबाट यो एऊटा नेपाली मेला,फूटबल खेलाडिहरुलाई प्रोत्साहन,व्यापार व्यवसायको प्रवर्धन, नेपाल र नेपालीलाई माया गर्नुहुनेहरुको भेला,नेपाली खाना तथा नेपाली सांस्कृतिक भेष-भूषा र नाच गानको प्रदर्शनको रुपमा हरेक साल सफलतापुर्बक सम्पन्न हुंदै आएको छ।  यस वर्षको "१६औ रेडिङ कप फुटवल टुर्नामेन्ट २०२३ “ को ऊद्घाटन यहि सेप्टेम्बर २ को बिहान ९:३० बजे समाजका अध्यक्ष भिमसेन खड्काको साथमा पुर्ब अध्यक्षहरु अर्जुन बस्नेत,महेश गुरुंग,कृष्ण न्यौपाने र टेकगुरुंग सहित सल्लाहकार बिश्व आदर्श पण्डित र ढक गुरुंगको ऊपस्थितीमा लोकल काऊन्सीलर Rob White को बाहुलीबाट रेफ्रिलाई फुटबल पास गरेर गरिएको थियो। 

रेडिंग कप फुटबललाई भब्य र सभ्य रुपमा संपन्न गर्न ब्यापक तैयारी भैरहेको थियो। यस बर्षका बिशेष आकर्षणहरुमा पन्चेबाजा,बिबक्यु लगायत बिभिन्न नेपाली खानाका परिकारहरु,नाच-गान,भाग्योदय चिठ्ठा लगायत निशुल्क स्वास्थ्य जांच पनि रहेका थिए। सोह्रौ रेडिंग कप फुटबलका संयोजक समाजका ऊपाध्यक्ष समेत रहेका  प्रेम गुरुंग २००६ सालमा स्थापित रेडिंग कप फुटबलका एक जना परिकल्पना कार समेत हुनुहुन्छ, ऊहांका अनुसार  पिचहरुको संख्या सिमित भएकाले यस पाली थुप्रै आंकाक्षी टिमहरु समाबेश गर्न नसकिए पनि ३० वटा फुटबल टिमहरु समाबेश गर्न सकिएको थियो। 

यस बर्षको प्रमुख बिजेता टिमको लागी नगद पुरस्कार गत बर्षको भन्दा £४२३ बढाएर £२०२३ पुर्याईएको थियो। यसै गरी भेटनर र सुपर भेटनर गरी बिजेता तथा ऊपबिजेता सबैलाई ट्रफी,प्रमाणपत्र र नगद पुरस्कारको पनी ब्यबस्था गरिएको थियो। नेपाली पन्चेबाजा,नेपाली परिकारका बिभिन्न खानेकुराहरु सेलरोटी मोमो लगायत नाचगान र खेलकुदको संयोजन यो एऊटा नेपाली मेलाको रुपमा मनाऊंदै आईएको छ। 

रेडिंग कप फुटबल समारोहमा प्रमुख अतिथी महामहिम राजदुत ज्ञानचन्द्र आचार्य हुनुहुन्थ्यो भने बिशेष अतिथीको रुपमा प्रमुख प्रायोजक WRAP LTD का डाईरेक्टर मुबिन अहमद को साथमा एनआरएनए युके अध्यक्ष हितकाजी गुरुंग,एनआरएनए आईसीसी सदस्य दिलराज गुरुंग,एनआरएनए अभियन्ता बिश्व आदर्श पण्डित,तमुधी संस्थापक मिन बहादुर गुरुंग,तमुधी ऊपाध्यक्ष तथा कास्की एन्फाका तर्फबाट युके एम्वासेडर कमल गुरुंग,रेडिंग बुद्दिस्ट गुम्बाका अध्यक्ष खिम बहादुर गुरुंग,सहारा युके संस्थापक नबीन गुरुंग,पुर्ब अध्यक्षहरु मीन गुरुंग र कुमार गुरुंग,अध्यक्ष कुसांग गुरुंग,ऊपाध्यक्ष कृष्ण गुरुंग,सहारा युके सचिब तथा बरिष्ठ पत्रकार बाचस्पती रेग्मी लगायत सदस्यहरु साहारा एफसी चेयरमेन सारदा गुरुंग,हुप थापा,सपन राई र फोटो पत्रकार सुदर्शन रन्जीतको पनि ऊपस्थिती रहेको थियो।

यसैगरी बिशेष अतिथिको रुपमा रेडिंग स्थित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको पनि ऊपस्थिती रहेको थियो। रेडिंग तमु समाजका अध्यक्ष्य रुद्रराज गुरुंग,मगर समाजका अध्यक्ष सोब रेगामी, पासा पुचह गुथी युके रेडिंगका अध्यक्ष दिब्य महर्जन, तामांग घेदुंग संघका अध्यक्ष राजन योन्जन तथा थाऊजण्ड बुद्द गुम्बाका अध्यक्ष मेजर समुन्द्र गुरुंग र साहित्य संगम युकेका संल्थापक बिनोद अधिकारीको पनि ऊपस्थिती रहेको थियो। यसैगरी संस्थाका सबै सल्लाहकार, स्वयमसेबक शुभचिन्तक पत्रकार खेलाडी दर्शक तथा सर्बसाधारणको बाक्लो ऊपस्थिती रहेको थियो। १६औ रेडिङ कप फुटवललाई सफल बनाउन बिभिन्न उप कमिटीहरु बनाईएको थियो। क्याटरिंग संयोजन हरीमाया गुरुंगले गर्नुभएको थियो,यसमा सहयोग गर्नेहरु उपसना बस्नेत,भगवती बस्नेत, जानकी गुरुंग,कोपिला सिटौला खड़का,करुणा चुडाल, कन्चन चुडाल,संचिता संग्रौला,ज्ञानु प्रसाई,रोमा गुरुंग  तुलसा थापा,तुलसा सुबेदी,ईन्दिरा थापा,तुल बहादुर गुरुंग र देबराज ओलीले सहयोग गरेका थिए। बिहानको ब्रेकफास्ट सल्लाहकार शुशिला गुरुंगले संयोजन गर्नुभएको थियो। 

राफल ड्र को संयोजक रामेश्वर थापाले गरेका थिए भने पहिलो पुरस्कारको सौजन्य गोल्डस्टार एकाउन्टसले गरेको थियो। आर्थिक संयोजन उपाध्यक्ष सुरेश जंग थापा र संकलनमा सल्लाहकार बालकृष्ण दाहालले सहयोग गर्नु भएको थियो।अतिथी सत्कारमा बिनस रिजालले सहयोग गर्नुभएको थियो। हेल्थ क्याम्प संयोजक सुभाष दाहाल र डा.आमोद,डा गणेश शर्मा तथा नर्सहरुले सहयोग गर्नु भएको थियो।

भोलेन्टर संयोजक मिन गुरुंग (चितवन) पिच कन्टोलमा हिम्मत सिटौला,सुरेन्द्र उप्रेती र बिक्रम श्रेष्ठ,मेट टेन्टमा भरत पौडेल, पुरस्कार ब्यबस्थापनमा उपाध्यक्ष यादव श्रेष्ठ र चेत रेगामी,कोषाध्यक्ष सरोज थापा र जगन्नाथ सापकोटाले आर्थिक ब्यबस्थापन, उपाध्यक्ष उदय घिसिगंले कारपार्क ब्यबस्थापन गर्नु भएको थियो। यस बर्ष १६ वटा टिमले भाग लिएको सो टुर्नामेन्टमा Youth Teams tournament Kent FC प्रथम भएको छ भने Kenny FC Runner up भएको छ। 

यसै गरी ८ वटा टिमले भाग लिएको Veterans तर्फ BBC बिजेता भएको छ भने Dharan Fc Runner UP भएको छ। छ वटा टिमले भाग लिएको सुपर भेटनर टिममा भने Ilam FC बिजेता भएको छ भने Dharan FC Runner Up भएको छ। Youth तर्फ highest goal scorer को पुरस्कार Eban Gurung ले जिते भने Highest scorer मा Saughat Gurung ले बाजी मारेका छन्। तेस्तै Veterans तर्फ बेष्ट प्लेयरमा यदु आले चुनिएका छन्। ऊत्कृष्ठ म्यानेजरको पुरस्कार भने केन्ट एफसीका प्रकाश गुरुंगले प्राप्त गरे। 

सांझ ७ बजे समाप्त भएका सबै समुहका प्रतियोगिताका बिजेता तथा ऊपबिजेताहरुलाई प्रमुख अतिथी बेलायतका लागी नेपाली रादजुत महामहिम ज्ञान चन्द्र आचार्य,प्रमुख प्रायोजक WRAP Ltd का डाईरेक्टर मुबिन अहमद र समाजका अध्यक्ष भिमसेन खड्काले समाजका ऊपस्थित सबै पुर्ब अध्यक्षहरु , सल्लाहकारहरु,अतिथीहरू तथा अन्य प्रायोजकको साथमा संयुक्त रुपमा प्रमाणपत्र,ट्रफी र नगद पुरस्कार प्रदान गर्नुभएको थियो। १६औ रेडिंग कप सफल पार्न रेडिंग नेपाली समाज बेलायत स्थित संपुर्ण समाजसेबी ब्यबसायीक ब्यक्तित्व खेल प्रेमी तथा आम सर्बसाधारणको ऊल्लेख्य भुमिका रहेको थियो। १६ औ रेडिंग कप फुटबल टुर्नामेन्टलाई सफल बनाऊन कार्यसमीतीका सम्पुर्ण सदस्यहरुको साथै पुर्ब अध्यक्षहरु,पुर्बपदाधिकारीहरु,सल्लाहकारहरु,स्वंयम्मसेबकहरु तथा स्थानिय संघ संस्थाहरु लगायत ब्यबसायहरुबाट ऊल्लेखनिय सहयोग प्राप्त भएको थियो। यसरी आआफ्नो ठाऊंबाट सहयोग गर्नुहुने सबैलाई समाजका अध्यक्ष भीमसेन खड्का तथा संयोजक प्रेम गुरुंगले संबन्धित सबैमा हार्दिक धन्यबाद क्षापन गर्नुभएको छ। 

समापन समारोहमा बोल्दै प्रमुख अतीथी बेलायतका लागी नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले खेलाडीहरुले फुटबल मार्फत खेलाडिहरुले आपसी भाईचारा बढाऊनुको साथै नेपाल र बेलायतबिचको संबन्धलाई थप सुद्रिढ बनाऊन पनी योगदान दिएकोमा आयोजक प्रायोजक खेलाडि तथा संबन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो। यसैगरी समाजका अध्यक्ष्य भिमसेन खड्काले पनी सोहौं रेडिंग कप सफलतापुर्बक रसभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो। समापन समारोहको संचालन समाजका महासचिब ओमकार अधिकारीले गर्नुभएको थियो।

(रेडिंग नेपाली समाजरा अन्य संपुर्ण गकिबिधी र जानकारी समाज को आधिकारिक वेबसाईट www.grnca.org मार्फत लिन सकिन्छ।)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?