Monday May 06, 2024

हृदयाघातबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

२६ भाद्र, २०८० शीतलपाटीन्युज डटकम 1323


हृदयाघातबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

शीतलपाटीन्युज डटकम।

काठमाडौँ । नेपालको संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनु भएका नेम्वाङलाई सोमबार राति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव  कृष्णप्रसाद काफ्लेले बताए। 

उहाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल,पार्टी अध्यक्ष केपी शर्मा ओली,सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायत पार्टी नेता अस्पताल पुगेका थिए। 

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा छवी बनाएका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?