Saturday May 04, 2024

जनवादी गायक जीवन शर्मालाई स्कट्ल्यैण्डमा सम्मान गरिदै

९ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1969


जनवादी गायक जीवन शर्मालाई स्कट्ल्यैण्डमा सम्मान गरिदै

शीतलपाटीन्युज डटकम।

लण्डन।युकेको सुन्दर नगरी स्कट्ल्याण्डको एडिम्वरा शहरमा चर्चित जनगायक जीवन शर्माको सम्मानार्थ एकल गीत साझ तथा पारिवारिक भेटघाट कार्यक्रमको आयोजना गरिएको छ।

गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड राज्य समन्वय परिषद (NRNA),नेपाल स्कट्ल्याण्ड एसोसिएसन (NSA), नेपाली फाइफ कम्युनिटी (NFC),नेपाल स्कट क्लव(Nepal Scot Club),ग्लास्गो नेपाली एसोसिएसन (GNA) र मालिका नौमति बाजा समुह(Malika Naumati Baja Samuha) को संयुक्त आयोजना तथा समाजसेवी तथा स्कट क्लबका अध्यक्ष धन केसीको संयोजकत्वमा हुन लागेको यो कार्यक्रम अक्टोवर ९ तारिक सोमवारको दिन बेलुकी ५ बजे देखी रात्री १० बजेसम्म सन्चालन हुने छ।

कार्यक्रम स्थल :

Good Companions

2-4 Oxgans Bank

Edinburgh, EH13 9JT

यस स्थनमा हुन गैरहेको यो कार्यक्रम NRNA UK का पुर्व सचीव तथा समाजसेवी तारानाथ भण्डारीले जानकारी दिनुभयो। नेपालको जन आन्दोलन र नेपाललाइ प्रजातान्त्रिक प्रणाणीमा विकसित गर्नुपर्छ र मजदुर किसान देखी थिचोमिचोमा परेका आम जनसमुदाय सक्रियताका साथ एकजुट भै अघि बढ्नुपर्छ भन्ने सचेतना सहित हरेक तह र तप्कामा रहेका आम नागरिकहरुलाइ आफ्नो अधिकार आफै ल्याउन को लागी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश बोकेका जीवन शर्माका गीतहरुले  नेपालको जनाअन्दोलन सफल बनाउन महत्वपुर्ण योगदान गरेको थियो।

जीवन शर्माका गीतहरुको प्रभावले कैयन युवाहरु जनयुद्धमा  होमिए,  कैयन अभियन्ताहरु प्रधानमन्त्री र मन्त्रीहरु बने,कतिले देशको परिवर्तनको लागी आफ्नो ज्यानको आहुती दिए त कैयन युवाहरु देशमा भएको धरपकड र जोखिम सहन नसकि बिदेशिन बाध्य भए।हो तिनै बिदेशिन बाध्य भएका युवाहरुको जमात जस्ले सवैभन्दा पहिला आफ्नो देशलाइ पहिलो दर्जामा राख्छ।त्यही पुस्ताले जीवन शर्माले देश र जनता प्रति सद्भाव र सम्मानका साथ अफ्नो कला र लेखनबाट शुशोचित गरेको र योगदान दिएको त्यो कठिन समयलाइ आदर गर्दै अनि वहाको आजसम्मको सादगीपन र सादा जीवन उच्च बिचारको हृदयङ्गम गर्दै शर्माको सम्मान गर्न यो कर्यक्रमको आयोजना गरिएको हो।

जीवन शर्माको स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुन यस कार्यक्रमका सम्योजक श्री धन केसीले सबैसंग अनुरोध गर्नुभएको छ। साथै देशको लागी आफ्नो जीवनकाल भर परिश्रम गरेका जनगायक जीवन शर्मालाइ यसरी सम्मान गरी कार्यक्रम गर्दा विश्वभरी छरिएर वसेका नेपालीहरुले देशलाइ अनेक कालख्ण्ड मा योगदान पुर्याएका बिभुतीहरुलाइ सामुहिक सम्मान गर्ने कार्यको थालनी हुने छ र सवैले अनुशरण गर्न बाटो खुल्ने छ भनी आस्वस्थ बनाउन खोज्नुभएकोछ।

स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी भएर सफल पार्न स्कटल्याण्डमा रहनु भएका आदरणीय आमा बुवा दाजुभाइ दीदीवहीनीहरुमा कार्यक्रम संयोजक तारानाथ भण्डारीले हार्दिक अनुरोध गर्दछौ भन्नु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?