Saturday March 22, 2025

अमेरिका क्षेत्रको क्षेत्रीय संयोजक पदमा टेक्सासका अमृत सापकोटा उम्मेदवार

१५ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1661


अमेरिका क्षेत्रको क्षेत्रीय संयोजक पदमा टेक्सासका अमृत सापकोटा उम्मेदवार

सुरेश कोइराला,

अमेरिका। गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न निर्बाचनमा अमेरिका क्षेत्रको क्षेत्रीय संयोजक पदमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने भएका छन।

टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका ब्यवसायी तथा सामाजिक अभियन्ता सापकोटाले सामाजिक सन्जालबाट उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान शुरु गरेको बताएका छन।

गैरआवासीय नेपाली संघ, आईसीसी सदस्य समेत रहेका सापकोटाले सँस्थालाई सम्पन्न व्यक्तिहरुको क्लब होईन सबै गैरआवासीय नेपाली समुदायको साझा चौतारी बनाउने कुरालाई प्रमुख चुनावी एजेण्डा बनाएका छन।

गैरआवासीय नेपाली संघ सबै गैरआवासीय नेपालीहरुको पहुँचमा छैन। निर्बाचनको खर्च हेर्दा सबैले उम्मेदवारी दिने पनि आँट गर्न सक्ने अवस्था छैन। सँस्थामा पुनर्संरचना गर्दै डेलिगेट्सबाट होईन सम्पूर्ण सदस्यहरुले भोट हाल्न पाउने व्यवस्था गरिनु पर्दछ, सापकोटाले बताए।

सापकोटा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार हुन।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?