Thursday May 02, 2024

नेपाली कांग्रेसका नेता गुरू घिमिरेको मिडल्याण्डमा अन्तर्क्रिया

१७ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1481


नेपाली कांग्रेसका नेता गुरू घिमिरेको मिडल्याण्डमा अन्तर्क्रिया

शीतलपाटीन्युज डटकम।

लण्डन, मीडलैण्ड। नेपाली जनसम्पर्क समिति युके मिडल्याण्ड क्षेत्रले यही १ अक्टोवर आईतवारका दिन ग्रान्थममा बेलायतका भ्रमण भएका नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्व सभापति गुरू घिमिरेको प्रमुख आथित्यमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रका सभापति नारायण आचार्यको सभपतित्वमा सम्पन उक्त कार्यक्रम नेपाली कांग्रेसलाई रूपान्तर गर्नुपर्छ भनी अभियान लागेका प्रमुख अभियन्ता नेता घिमिरेले अभियानको बारेमा उपस्थित नेपाली कांग्रेसका शुभचिन्तकहरूलाई स्पस्ट पारेका थिए। नेपाली कांग्रेस रूपान्तरण अभियान कुनै नेताहरूको विरोधमा नभई पार्टी  विधि, विघान र जन चहाना अनुसार चल्नु पर्छ भनी गरिएको अभियान भएको बताए। साथै अहिलेको नेतृत्व विधि विधानभन्दा गुटगत स्वार्थमा हिडेकोले पार्टीलाई विपीको मार्गमा हिडाउनका लागि दवाव मूलक कार्य गर्नुपर्ने जरूरी भएको बताए।

नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रका सभापति नारायण आचार्यले पार्टी रूपान्तरणको अभियान कुनै गुटको नभई सबैको हुनुपर्ने र आगामी निर्वाचनमा वर्तमान महामंत्री  गगन थापालाई प्रधानमंत्रीको रूपमा प्रस्तुत गरी जनताको माझमा गए नेपली कांग्रेसले बहुमत ल्याउन सक्ने सुझाव नेता घिमिरेलाई दिए।

नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रका उपसभापति शरद शाही र उप महामंत्री कमल खरेलले संचान गरेको कार्यक्रममा ग्रान्थम र मिडल्याण्डका विभिन्न ठाउबाट करिव ५० जना नेपाली जनसम्पर्क समिति,कांग्रेस शुभचिन्तक र अन्य समाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभगिता थियो।  

नेपाली कांग्रेसका स्वच्छ र स्पस्ट वक्ताको छवि वनाएका नेता गुरू घिमिरे उपस्थित अन्तर्क्रिया कार्यक्रम सफल बनाउन मिडल्याण्डका समाजसेवीहरूले गरेको सहयोग र भेन्यु उपलव्ध गराउने  नमस्ते डाईनका प्रकाश केसीलाई प्रति  नेपाली जनसम्पर्क  समिति मिडल्याण्डले आभार व्यक्त गरेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?