Friday May 03, 2024

बिश्वसामु नेपालको झण्डा फहराउँदै सांसद गौतम, भोली अवार्ड ग्रहण गर्दै

१७ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1482


बिश्वसामु नेपालको झण्डा फहराउँदै सांसद गौतम, भोली अवार्ड ग्रहण गर्दै

शीतलपाटीन्युज डटकम।

लण्डन। राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ तथा सांसद सोविता गौतम बेलायत पुगेकी छन्। वान योङ्ग वोर्ल्डले आयोजना गरेको युवा राजनितिज्ञ अवार्ड (Young world politician of the year -2023) ग्रहण गर्नका लागि गत सोमवार पति गृहेन्द्र  घिमिरेका साथ युके पुगेकी सोविता हाल अवार्ड  समारोह स्थल नर्दन आयरल्याण्डमा रहेकी छन्। 

बार्षिक रुपमा बिश्व भरीबाट उत्कृष्ट युवा राजनितीक नेतृत्वको छनौट गरि प्रदान गरिंदै आएको सो अवार्डको लागि नेपालको तर्फबाट सांसद सोविता गौतम छनौट भएकी हुन् । १९० देशका  युवा लिडरहरु मध्येबाट हाल सो अवार्डको लागि ५ जना छनौट भएका छन्। नेपालको तर्फबाट सांसद गौतम सङ्गै क्यानडा, न्युजिल्याण्ड,अष्ट्रेलिया र बेल्जियमका युवा लिडरहरु पनि सन् २०२३ का लागि उत्कृष्ट लिडरको रुपमा अवार्ड ग्रहण गर्दै छन्। भोली,अक्टोबर ५ का दिन युकेको नर्दन आयरल्याण्डमा एक भब्य समारोहका बिच उक्त अवार्ड वितरण हुँदैछ। 

"म अहिले  कुनै एक राजनैतिक दलको प्रतिनिधित्व गरेर होइनकी आफ्नो देशको प्रतिनिधित्व गरेर यो अवार्ड लिन आएकि छु .......।" बेलायतमा रहेकी सांसद गौतमले छोटो प्रतिकृया दिंदै भनिन् " मैले यो अवार्ड थापिरहँदा बिश्वले मलाई मात्र होईन नेपाललाई पनि चिन्नेछ। " 

सासद गौतमले आफ्नो सामाजिक सजाल फेसबुक मार्फत अन्य देशका युवा राजनितीज्ञहरु सङ्गै नेपालको झन्डा फर्हराईरहेको भिडियो र फोटो पोष्ट गर्दै यसरी बिश्वसामु देश चिनाउने अवसर प्राप्त गरेकोमा आफुलाई गौरवान्वित महसुस भईरहेको बताएकी छन्। 

राजनैतिक रुपमा रास्वपामा लाग्नुपुर्व अधिवक्ताको रुपमा कानुनी सेवा प्रदान गरिरहेकी सोविताले एक टेलिभिजनमा 'स्वास्थ्य सरोकार' नामक कार्यक्रम संचालन गर्दै ४ बर्षसम्म संचार क्षेत्रमा समेत कृयाशील रहेकी थिईन्। 

गत बर्षको निर्वाचनमा काठमाडौ क्षेत्र नं २ बाट १५२२९ मत सहित रास्वपाको तर्फबाट निर्वाचित भएकी गौतमले जनताको प्रत्यक्ष सरोकारका बिबिध पक्षहरुमा चर्को रुपमा आवाज उठाउँदै आएकी छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?