Thursday May 02, 2024

पल्मस्टेडमा सामुहिक म्ह पुजा र न्हुदँया भिंतुना कार्यक्रम हुदै

१७ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1334


पल्मस्टेडमा सामुहिक म्ह पुजा र न्हुदँया भिंतुना कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम।

साउथ इष्ट लण्डन। पासा पुच गुथि युकेले हरेक बर्ष विभिन्न सहरहरुमा बिशेष रुपमा मनाउंदै आईरहेको म्ह पुजा र न्हुदं कार्यक्रम यस बर्ष अझ उल्लासमय तरिकाले मनाउंने समाचार प्रकाशमा आयको छ। सो समाचार पासा पुच गुथि युके साउथ इष्ट शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले इच्छुक युकेबासी सबैलाई हार्दिक निमन्त्रणा गर्दै सो कार्यक्रम हुने बताउनु भयको हो।

बेलायतमा हुर्कंदै गरेका नेपाली बाबु नानीहरुले युकेमा प्रत्येक आईतवार सिक्दै गरेको १२ हप्ते तालिमको धिमे बाजा,कुमारी नाचको सार्वजनिक प्रदर्शन पनि पासा पुच गुथि युकेको यस पटकको कार्यक्रममा  South East London मा हुने जनाइएको छ। 

युकेको सबै स्थानमा हुने कार्यक्रमहरुमा हुने परमपरागत धिमे,धाःबाजा,भैरव गण नाच,विभिन्न लाखे नाच लगायत विविध सांस्कृतिक कार्यक्रमसंग समेबजि भोजको आन्नद पनि लिइने जनाईएको छ।

सांस्कृतिक एकता हाम्रो पहिचान हो भन्दै 16:30,November 14 Tuesday 2023 मा हुने Pasa Puchah Guthi South East London को सो कार्यक्रम Asian Community Centre,White Hart Road, Plumstead,London SE18 1DG हुने कुरा पासा पुच गुथि युके साउथ इष्ट लण्डन शाखाका अध्यक्ष Madhav Lal Shrestha 07846 343920 ले बताउनु भयको छ।आवस्यक कुरा बुझ्न परेमा पासा पुच गुथि युके साउथ इष्ट लण्डन शाखाका अध्यक्ष Madhav Lal Shrestha 07846 343920 संग बुझ्न सकिने छ।

For Tickets: 

https://pasapuchahguthi.org/event/mha-puja-2023-cultural-show?location=


“भाषा संस्कृति झीगु पौरख ।

नेपाल संवत् राष्ट्रिय गौरव ।।

नेपाल संवत् ११४४ न्हुदँया भिंतुना ।।।”



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?