Saturday December 02, 2023

परिषद्का संरक्षक राजदूतद्वारा परोपकारी कार्यको प्रशंसा

२३ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1200


परिषद्का संरक्षक राजदूतद्वारा परोपकारी कार्यको प्रशंसा

कोमल मल्ल,

लन्डन ८ नोभेम्बर। नेपाली साहित्य विकास परिषद् युकेका पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यद्वारा परिषदबाट साहित्यिक गतिविधिका अलावा मानव कल्याणका क्षेत्रमा गरिएका परोपकारी कार्यहरूको प्रशंसा  गर्नु भएकोछ।

पश्चिम लन्डन एक्टन स्थित एबीआई कलेजमा आयोजित ११४औँ महाकवि लक्ष्मीप्रसाद देवटा जयन्ती समारोहमा परिषद् का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले मानव कल्याणकारी कार्यमा आर्थिक सहयोग पुर् याई  भावनात्मक सहानुभूति र सहयोग गर्नुहुने संस्थाका पदाधिकारी तथा सदस्यहरूको परोपकारीकार्यको सराहना गर्नुहुँदै प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो। यसरी परोपकारी कार्यमा आर्थिक सहयोग पुर्याउने संस्थाका पदाधिकारीहरूमा डा.राघवप्रसाद धिताल ओबीई, डा.जनककुमारी धिताल,हरिसिँह थापा,खगेन्द्र नेपाली,ध्रुव केसी, मदन थापा,विजय थापा,मनोज अन्जान,ज्ञानेन्द्र राउत,डम्वर सुव्वा, विन्दू सुव्वा, वीरेन्द्र कुँवर,कोमल मल्ल हुनुहुन्थ्यो भने बाँकी अरू पदाधिकारीहरूलाई आगामी कार्यक्रमहरुमा क्रमस प्रशंसापत्रबाट सम्मानित गरिने भएको छ। 

विभिन्न समयमा नेपालमा आर्थिक सहयोगको आवश्यक परेका जनसमजलाई परिषद्ले  परिषदमा आवद्ध रहेका पदाधिकारीहरूबाट सहयोग जुटाएर आर्थिक सहयोग गर्दै आएको छ। गत महिना मात्र नेपालमा ल्यूकेमिया उपचारका विरामीलाई करीब दुई लाख रूपिया आर्थिक सहयोग उपलब्ध गराएको थियो। 

यसअघि उक्त समारोहमा परिषदका संरक्षक महामहिम राजदूत आचार्यले  नगद लिएमा पच्चीस हजार रूपिया धनरासी रहेको एन एल डि सी विशिष्ट सम्मानपत्र पुरस्कार  राष्ट्रको सुरक्षा बोकेका सैनिक व्यक्तित्व नेपाली राजदूतावास बेलायतमा   कुट्नितिक सेवामा आएको बेलामा पनि नेपाली भाषा साहित्यको समृद्धिमा परिषद्का साहित्यिक कार्यक्रमहरूमा निरन्तर सहभागिता राखेर राष्ट्रीय एकता र नेपाली पहिचानको भावना फैलाउन प्रोत्साहन पुर्याए  बाफत बृगेडियर जनर  रत्नबहादुर गोदार र नेपालको चलचित्र क्षेत्रमा विगत चार दशक देखि अविछिन्न अभिनय कलाद्वारा योगदान पुर् याउनु भएका वरिष्ठ कलाकार लक्ष्मणबिक्रम वस्नेतलाई अभिनन्दन गर्दै सम्मानित गर्नुभएको थियो।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?