Friday May 03, 2024

प्रहरी कल्याणकोषका संरक्षक प्रहरी महानिरीक्षकको धारणा स्वागत योग्य

२७ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1247


प्रहरी कल्याणकोषका संरक्षक प्रहरी महानिरीक्षकको धारणा स्वागत योग्य

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। आज आमन्त्रण गरीय पनि बिषेष कारणले नेपाल प्रहरीको अस्पतालको ४० औं बार्षिक उत्सबमा उपस्थित हुन असमर्थ भएका कारण प्रहरी अस्पतालका डाइरेक्टरज्यु समक्ष फोन गरी क्षमा समेत मागें भन्दै नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्तराज कुंवरले एउटा अत्यन्तै खुसीको पोष्ट गर्नु भयके छ।

प्रहरी अस्पतालको बार्षिक उत्सबको अंकले मलाइ भर्खरै प्रहरी इन्सरेक्टर भएको देखि मध्य क्षत्रको तालिम केन्द्र र प्रचण्ड भबन तथा प्रहरी अस्पतालको जग खनेको यादहरु पनि संझना गराउछ। 

मैले आज साथिहरुबाट सुने,आजको प्रहरी अस्पतालको समाहरोहमा कल्याणकोषका संरक्षक श्रीमान प्रहरी महानिरीक्षकज्युबाट पुर्ब प्रहरीहरु र तिनका परीबारलाइ पनि बहालका प्रहरीहरु सरह स्वास्थ सेबा दिने लगभग निर्णय गरी सकिएको र त्यस्को लागि श्रोत ब्यबस्थापन तर्फ लागेको जानकारी प्रदान भएछ। यो कुरा सुनेर मलाइ धेरै नै खुसि महशुस भयो।

हालको संचालक समितीले पुर्ब प्हरहरीरुका लागी  बहालका सरह स्वास्थ सेबा दिने जुन निर्णय गर्नेछ त्यो एैतिहासिक निर्णय हुनेछ र यस निर्णयलाइ नेपाल पुर्ब प्रहरी संगठनको केन्द्रीय कार्यालय लगायत ७ वटै प्रदेस र ७७ वटै जिल्लाहरुबाट समेत मुक्त कंठले स्वागत हुने छ। 

यदी यो  निशुल्क स्वास्थ सेबा प्रदान भएमा हाम्रो संगठनले ज्ञापन पत्रद्वारा माग गरेको ४०% ४० % २० प्रतिसत वाला मागलाइ पुनराबलोकन गर्नुपर्ने हुन्छ जुन हाम्रो संगठनले गर्ने छ। 

निशुल्क स्वास्थ उपचारको ब्यबस्था अर्को शब्दमा बहालका प्रहरी र परीबारले प्राप्त गरेझै स्वास्थ सेबा पुर्ब प्रहरीहरुलाइ पनि उपलब्ध गराउने निर्णयले प्रहरी कल्याणकोष संचालक समिती र नेपाल पुर्ब प्रहरी संगठन बिच ज्यादै सुमधुर संबन्ध बिस्तार हुनेछ र यही सद्भाबको बाताबतरणमा हामी अन्य सरोकारहरुलाइ पनि न्यायोचित र ब्यबहारीक ढंगले ब्यबस्थापन गर्न समर्थ हुनेछौ। 

म आज पुर्ब प्रहरीहरुले बहालका प्रहरीहरु सरह स्वास्थ सेबा प्राप्त गर्ने सम्बन्धमा कोशका संरक्षक श्रीमान प्रहरी महानिरीक्षकज्युले प्रहरी अस्पतालमा ब्यक्त गर्नु भएको धारणाको उच्च कदर गर्दैछु। यस पबित्र कार्यलाइ साकार गर्न महत्वपुर्ण भुमिका निभाउने संचालक समीती र अध्ययन समितीलाइ पनि धन्यबाद प्रदान गर्दै यसको संपुर्ण जस पनि कोष संचालकज्युहरु मै प्रदान गर्न चाहान्छु। यो एक एैतिहासिक निर्णय हुनेछ जस्को सम्मान आउने इतिहासले पनि गर्ने छ।

नेपाल पुर्ब प्रहरी संगठनका तर्फबाट कोष संचालकज्युहरुसंग समन्वय गर्न खटीनु भएका केन्द्रीय पदाधीकारीज्युहरु दिपक रंजित,मिश्रा देबि कार्कि र गोबिन्द थपलियाज्यु हरुमा पनि हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु बसन्त कुंवंर राष्ट्रीय अध्यक्ष नेपाल पुर्ब प्रहरी संगठन भन्नु भयको समाचार शीतलपाटीन्युज साभार भन्न चाहान्छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?