Wednesday June 18, 2025

अमेरिकामा समाजसेवा गरेर चम्केका तारा हुन सुवोध विलास पन्त

२ पुष, २०८० शीतलपाटीन्युज डटकम। 2750


अमेरिकामा समाजसेवा गरेर चम्केका तारा हुन सुवोध विलास पन्त

सुरेश कोईराला,

 बाल्टीमोर।

‘तिमी कर्म गर,फलको आश नगर’ गीतामा कृष्णले अर्जुनलाई सम्झाउँदै बोलेको वाक्य हो यो। केहीले कर्मलाई महत्वका साथ हेर्छन्, कर्म गर्दै जान्छन् र फल पनि राम्रै प्राप्त गरेका हुन्छन्। केहीलाई भने कर्म भन्दा पहिला फलको अपेक्षा हुन्छ र जीवन व्यापारको शैलीमा चलाउँछन्।

अझ भनौ धेरैले परिस्थितिलाई दोष दिन्छन्। म यहाँ जन्मिनु, मैले यस्तो शिक्षा लिन नपाउँनु अनेक अनेक। तर, कर्म गर्नेले फल प्राप्त गर्छ भन्ने भनाइका उदाहरण बन्न सफल हुनुभएको छ सुवोध विशाल पन्त। 

नेपालमा जन्मेर केही गर्न सकिएन, अमेरिका, अष्ट्रेलिया जस्ता देशहरुमा जन्म लिन पाएको भए भन्ने धेरैको भावना हुन्छ। केहीले मुख खोलेर बोल्छन् त केहीले आफैलाई दोष लगाउँदै बसेका हुन्छन्। 

नेपालको लमजुङमा जन्मेर अमेरिकालाई कर्मथलो बनाउनु भएका पन्त भने अहिले अमेरिका बसेका सबै नेपालीको मनमुटुमा हुनुहुन्छ। सन् २०११ मा अमेरिका प्रवेश गर्नु भएका उहाँले हालसम्म नेपाल र नेपालीको हितमा थुप्रै काम गर्नुभएको छ। समाजसेवामा रुची राख्नुहुने उहाँले २०१२ देखि बाल्टिमोर एसोशियसन अफ नेप्लिज इन अमेरिका (बाना)को सदस्य भएर काम गर्नु भयो। 

बानाको सदस्य भएदेखि नै उहाँले संस्थागत रुपमा आफूलाई निखार्दै लिनु भयो। नेपालीहरुको बीच रहेर राम्रो काम गरेपछि फल विस्तारै प्राप्त हुँदै गयो। ५ वर्ष बानामा काम गरेका उहालाई बानाको बरिष्ठ उपाध्यक्ष बन्ने अवसर आयो। सन् २०१७ देखि २०१९ सम्म बरिष्ठ उपाध्यक्षको हैसियतमा बानालाई अझ उँचाइमा पु-याउनु भयो। 

एउटा कोठामा संचालित बाना जस्तो संस्थालाई उहाँले २०१९ देखि हालसम्म अध्यक्ष जस्तो गरीमामय पदमा बसेर सम्हाल्दै हुनुहुन्छ। उहाँ अध्यक्ष भएपछि बानाको विस्तार भएको छ। आफ्नै घरमा सरेको छ। कोठामा लुकेर बसेको संस्थालाई घर खरिद गरेर संचालनमा ल्याउनुमा उहाँको ठूलो मिहेनत छ। 

विदेशी भूमिमा पसिनासँगै सामाजिक मनोभावलाई  विस्तार गर्ने क्रममा उहाँ अमेरिकामा रहेका लमजुङेहरुको संस्था ‘अमेरिकी लमजुङ’का संस्थापक सल्लाहकार हुनु भयो। एएनएको पूर्व सल्लाहकार हुनु भयो, एएनएको कन्भेनर प्रोग्राम अध्यक्षता गर्नु भयो। 

नेपालको लमजङमा जन्मेर नेपालका विभिन्न संघ संस्थाको सदस्यता लिएका उहाँलाई सामाजिक संस्थामा रहेर काम गर्ने अनुभव प्रस्त भएको थियो। नेपालमा बटुलेको अनुभवलाई उहाँले अमेरिकामा पनि प्रयोग गर्नु भयो । 

अमेरिका लमजुङ सेवक समाजको संस्थापक सल्लाहकार, इनास मेरिल्याण्डको संरक्षक बनिसेका पन्त  बाल्ट्रीमोर कन्ट्रीबाट, गभर्नर तथा सिटीबाट सम्मानित हुनु भएको छ। 

कोरोना कालमा संसार घरभित्र बसेको बेला पन्त समाजमा निस्किनु भयो। संसारलाई सखाप बनाउन आएको कोरोना जस्तो महामारीसँग आफ्नो ज्यानलाई हत्केलामा राखेर समाजसेवामा लाग्नु भयो । उहाँले अमेरिकाका विभिन्न राज्यमा सहयोग, जनचेतना कार्यक्रम, सामाग्री जुटाउने, भ्याक्सीन जुटाउने लगायतका काम गर्नु भयो। 

मेन्टल हेल्थ प्रोग्राम, बल्ड डोनेसन, सोकड भलिबल होल एम्बेसी प्रोग्राम वासिङ्टन डिसी ए र नेपाल एम्बिसीमा फ्रेण्डसीप टुडामेन्ट लगायतका खेलक्षेत्रमा पनि सहयोग गर्नु भएको छ। 

तिहारमा देउसी भैलोका कार्यक्रमहरु गरेर पनि समाजसेवामा आफ्नो पाखुरो बजारी रहनु भएका पन्तले भाषाका कक्षाहरु संचालन गर्ने र कानूनी परामर्शको काम समेत गर्नु हुन्छ। 

समाजसेवामा कटिबद्ध भएर लाग्नुभएका उहाँले आफ्नो दैनिकिका लागि अमेरिकामा लिक्युयर सप र रेष्टुरेन्ट संचालन गर्दै आउनु भएको छ। समाजसेवा गरेर नथाक्ने उहाँले हरेको समस्या बुझेर काम गर्नु भएको छ। अमेरिकामा पुगेर दुःख पाएका नेपालीमात्र होइनन्। नेपालमा पनि दुःख पाएको गाउँ समाज र स्थायनीयलाई त्यतिकै सेवा र सहयोग गर्दै आउनु भएको छ। 

समाजमा दुःखी र गरिबहरु देखेपछि चित्त दुखाउने उहाँ आफूले सकेजतिको सेवा गरेर समाजबाट गरिवी, अशिक्षा र व्यरोजगारको अन्त्य गर्ने सोचमा हुनुहुन्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?