Thursday January 16, 2025

कानुन ब्यवसायी एवम लेखक गोविन्द बेलबासेलाई पत्निशोक

१४ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1564


कानुन ब्यवसायी एवम लेखक गोविन्द बेलबासेलाई पत्निशोक

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतमा रहेर कानुन र लेखन क्षेत्र्मा सक्रिय गोविन्द बेल्वासेलाई पत्नीशोक परेको छ। बेलायतको पिटरबरोमा सपरिवार बस्दै आएका बेल्वासेको ५४ वर्षीया पत्नी सिता बेल्वासेको विहीबार निधन भएको हो।  

विगत केही महिनादेखि अस्वस्थ रहेको उनको आफ्नो निवासमा निधन भएको पारिवारीक स्रोतबाट जानकारी प्राप्त भएको छ। केही महिना अस्पताल बसेर उपचार समेत गराएकी उनलाई करिब एक महिनाअघि डिस्चार्ज गरी घर ल्याइएको थियो।  

वि.सं. २०२६ श्रावण ११ गते गुल्मीको छत्रकोट गाउंपालिका साविक श्रृंगा रुप्सेमा जन्मिएकी उनी उनलाई भौतिक रुपमा गुमाउनु पर्दा बेल्वासे परिवार विक्षिप्त भएको समाचार छ। स्वर्गीय बेल्वासेले श्रीमान, दुई छोरी र एक छोरा बेलायतमै छन्। सिता बेलबासे सन् २००६ देखि बेलायतमा बसेकि थिइन् ।

पति बेल्वासे डायस्पोरामा चर्चित लेखक तथा कानून व्यवसायी हुन्। हाल फ्लाइ केटिएम ट्राभल कम्पनीका प्रवन्ध निर्देशक बेल्बासेले रातो पासपोर्ट,राष्ट्रवाद: भ्रम कि यथार्थ,एम्मा जस्ता पुस्तक लेखिसकेका छन्।दोहोरो नागरिकता प्रावधानबारे शुरुदेखि नै वहस गर्दै आएका उनले सोही पक्षमा नेपालमा मुद्धासमेत लडेका थिए।

यस दुखदघडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवारमा शीतलपाटीन्युज डटकम गहिरो समवेदना ब्यक्त गर्दछ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?