Saturday April 27, 2024

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङलाई “तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान”

२२ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1248


गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङलाई “तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान”

शीतलपाटीन्युज डटकम।

लन्डन। गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक तथा पूर्व ब्रिटिस गोर्खा सैनिक मिलन तमुलाई 'तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान-२०२४' प्रदान गरिएको छ। 

तमु समाज युकेको शनिबार ६ जनवरीमा हेरो लेजर सेन्टरमा आयोजित मुप्ह्री ल्हो (गिद्ध वर्ग) ल्होछार कार्यक्रममा तमुलाई समाजका अध्यक्ष शिवकुमार गुरुङले खादा, फेटा, सम्मानपत्रद्वारा सम्मान गरेका हुन्। तीन दशकदेखि फोटो पत्रकारका रुपमा चिनिएका तमु गत १६ डिसेम्बर २०२३ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेबाट 'फोनिज पत्रकारिता पुरस्कार'बाट समेत पुरस्कृत भएका थिए। 

समाजसेवी तथा गीतकारका रुपमा समेत चिनिएका तमुले ४ वर्षदेखि आफ्नै एकल स्वामित्वमा गोर्खा मिडिया डट कम अनलाइन संचालन गर्दै आएका छन्। विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनले यसअघि लंग सर्भिस एन्ड गुड कन्डक्ट मेडेल, कोसोभो कन्फ्लिक्ट मेडल, ब्रुनाइ सर्भिस मेडेल, सहारा युकेबाट विशेष सम्मान २०१६, हर्कबहादुर स्मृति पुरस्कार, आदर्श तमु वर्ष २०२२ प्राप्त गरिसकेका छन्। एभरेस्ट टाइम्स युकेमा पनि लामो समय फोटो पत्रकारितामा योगदान गरेका उनी विभिन्न रचनात्मक काममा सरिक हुँदै आएका छन्। 

 

पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो। हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन्। बुवा शिरध्वज र आमा डिलकुमारी गुरुङका पहिलो सन्तान मिलन तमु गीत लेखनमा पनि सक्रिय छन्। उनको रोधी घरको आँगन बोलको गीत (भाग १ देखि ३) स्रोता दर्शकले निकै रुचाएका थिए। उनले गुरुङ फिल्म युम्पो देउराली निर्माण पनि गरेका छन्। साथै नेपालका विभिन्न ठाउँमा बाटो,मन्दिर,गुम्बा,क्होंइबो निर्माणमा आर्थिक सहयोग गरेका छन्।उनले अलपत्र,पीडित र सहयोग मागिरहेका व्यक्ति तथा संघसंस्थालाई सहयोग आह्वान गर्दै आफै पनि हात फैलाउँछन्। उनले आर्थिक सहयोग गरेका व्यक्ति एवं संघसंस्था सय बढी छन्।उनको पेन्सन र स्थायी जागिर छँदैछ। फोटोग्राफीको आम्दानी विभिन्न परोपकारी कार्यमा लगाउँछन्।

श्रोत-गोर्खा मिडीया।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?