Thursday May 02, 2024

नेपाली समाज वेल्स यूकेको बार्षिक साधारण सभा सम्पन्न

१३ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1738


नेपाली समाज वेल्स यूकेको बार्षिक साधारण सभा सम्पन्न

शोभा राणा पोखरेल।

कार्डिफ।नेपाली समाज वेल्स यूकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ। बार्षिक साधारण सभा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। 

संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले सभामा उपस्थित सल्लाहकारहरु,पुर्ब अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु,पुर्ब कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, लगायत संस्थाका आजीवन पंजीकृत तथा पंजीकृत सदस्यरुमा स्वागत गर्दै सिंगो कार्यसमिति तथा संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा स्वागत गर्नुभएको थियो। सचिब राणा पोखरेलले संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुको विवरणका साथै संस्थाले बर्ष भरि गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। 

संस्थाकी कोषाध्यक्ष श्रीमती कल्पना कन्दंवाले संस्थाको भौतिक सम्पत्ति विवरण अपडेट गराउनु भयो। अडिट समितिका संयोजक संस्थाका पुर्ब सचिब डा अमर मल्लले संस्थाको सम्पूर्ण हिसाब रुजु गरि प्रमाणिकरणका साथ कार्यसमितिलाई बुझाउनु भएको थियो। कोषाध्यक्ष सन्जिब मैनालीले आर्थिक गतिबिधिबारे प्रस्ट पार्दै सभामा अनुमोदनको लागि पेश गर्नुभएको आर्थिक प्रतिबेदन सभाले सर्ब सम्मत रुपमा पास गरेको थियो।

तेस्तै गरि विभागीय संयोजकहरुले विभागीय रिपोर्टहरु बुझाउनु भएको थियो। विभागीय रिपोर्टहरु अपडेटमा मति प्रसाद पुन र बल थापा - जन सम्पर्क,डा बिकाश रानाभाट र पदम पुन नेपाली भाषा,श्रीराम थापा मगर कार्यक्रम तथा खेलकुद, श्रीमती चित्रा देवकोटा कला तथा संस्कृति विभागले गरेका कार्यका बारेमा जानकारी गराउनु भएको थियो।  

संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले गत बर्ष भए गरेका सम्पूर्ण कार्यक्रमहरुमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आगामी बर्षको बार्षिक क्यालेन्डर सहित भावी कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो। अध्यक्षले प्रस्तुत गर्नु भएको बार्षिक क्यालेन्डर निम्नानुसार छ। 

१. सेन्ट डेबिड्स डे - १ मार्च २०२४ 

२. नेपाली नयाँ बर्ष मनाउने कार्यक्रम - १३ अप्रिल २०२४ 

३. खेलकुद कार्यक्रम - २५ मे २०२४ 

४. समर BBQ तथा भेटघाट - १५ जुन २०२४ 

५. तिज मनाउने कार्यक्रम - ३१ अगस्ट २०२४ 

६. दशैं तिहार कार्यक्रम - २६ अक्टोवर २०२४ 

७. न्यासनल रिमेम्बरेंस डे - १० नोभेम्बर २०२४ 

८. न्यासनल होलोकस्ट डे - २७ जनवरी २०२४ 

९. संस्थाको महाधिबेशन - ८ फेब्रुवरी २०२५

त्यस्तै गरि आगामी बर्षको लागि बिभिन्न बिभाग तथा जिम्मेवारीहरु निम्न अनुसार पास गरिएको छ। 

नेपाली भाषा तथा पाठशाला: - डा. बिकाश रानाभाट - संयोजक, श्रीमति लक्ष्मी के सी,पदम पुन,डा.थानेश्वर पाण्डेय र राम दत्त मिश्र 

जन सम्पर्क: - संयोजक द्वय मति प्रसाद पुन र बल थापा 

बिद्यार्थी तथा खेलकुद: - श्रीराम थापा मगर - संयोजक,डा अमर मल्ल, राम दत्त मिश्र,सुर्य ढकाल र उमेश थापा 

कला तथा संस्कृति: भोज नारायण रेग्मी - संयोजक,श्रीमती चित्रा देवकोटा,श्रीमती सबिना थापा र प्रेम भण्डारी  

अध्यक्ष केसीले आगामी बर्षको लागि बिशेष कार्यक्रमहरु निम्नानुसार रहेकोले सम्पूर्ण सदस्यहरुले यी कार्यहरुलाई सफल पार्न सकेको सहयोग गर्न हार्दिक अनुरोध गर्नुभयो। 

१.नेपाली समाज वेल्स, युकेले लोकल काउन्सिलका साथ साथै विभिन्न सामाजिक संस्थाहरुसंग समन्वय गरि संस्थागत हितका लागि विभिन्न कार्यक्रम ल्याउने तथा अन्य संस्थाहरुले गरेका कार्यक्रमहरुमा हातेमालो गर्दै अगाडी बढ्नेमा आशावादी रहेको जनाउनु भयो। 

२.बिदेशी भूमिमा रहेता पनि नेपाली कला, संस्कृति तथा भाषाको जगेर्ना तथा प्रबर्धन गर्दै अर्को पुस्तामा नेपाली भाषा पुस्तान्तरण गर्न प्रयास गर्ने संस्थागत उद्देस्य अनुरुप छिट्टै नेपाली पाठशालाको शुरुवात गर्न नेपाली समाज वेल्स युकेले कार्य गरेको जानकारी गराउनु भयो।  

कार्डिफको रोथ सोसल हलमा सम्पन्न बार्षिक साधारण सभामा उपस्थित सदस्यहरुबाट आएको शुझाबहरु संकलन गर्दै ति सुझाबहरुलाई आवस्यकता अनुसार कार्य गर्दै जाने निस्कर्ष सहित सभा भब्य रुपमा सम्पन्न भएको थियो। 

धन्यवाद।

२४ फेब्रुवरी २०२४ - शनिवार



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?