Friday May 03, 2024

ब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाउँदै

२७ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1228


ब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाउँदै

शीतलपाटीन्युज डटकम।

लन्डन। ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य,साझेदारी र प्रभावका ६५ औं वर्ष स्मरण गर्यो। 

बेलायत–नेपाल मैत्री सन्धिको शतबार्षिकी उत्सवका अवसरमा दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पारेको भन्दै नेपालका लागि बेलायती राजदूत रब फेनले  कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरेका छन। उनले भनेका छन कि, ‘बेलायत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको  शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको बताएका छन।’सो अबसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले, ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायत बीचको सांस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दै विगत, बर्तमान र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ, भन्नु भयको छ। दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको उजागर गर्दै प्रस्तुत यस प्रदर्शनीले मित्रता,सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाएको बताउनु भयको छ।’

बेलायत र नेपालबीच कूटनैतिक सम्बन्धको एक अंशका रुपमा ६५ वर्षअघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय थियो। ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक,शाहिदा म्याकडुगले कार्यक्रममा पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरेकी थिईन। 

लन्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा सांस्कृतिक क्षेत्रहरुमा गरेका प्रयास प्रष्टाएको थियो।यो प्रदर्शनी लण्डनको रेडम्यान पी एल, E20 1JQ मा सर्वसाधारणका लागि १ अप्रिलसम्म खुला रहनेछ। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?