Saturday May 04, 2024

लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइयो

२९ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1473


लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइयो

शीतलपाटीन्युज डटकम।

लन्डन। लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइएको छ। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा शुक्रबार लन्डन सड्बरीस्थित हिमालयन क्लवमा कार्यक्रम भएको हो।

ब्याज वितरण र खादासहित आसनग्रहण गराइएपछि संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम अध्यक्ष क्षेत्री र प्रमुख अतिथी नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालले पानसमा दीप प्रज्ववलन गरेर संयुक्त रुपमा उद्घाटन गरेका थिए। कार्यक्रममा सहभागी सबैले पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरेका थिए। त्यस अबसरमा नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो।

समाजसेवी विमल आचार्यले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा वक्ताहरु प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख श्रीमति रोशन खनालले पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनले शुरु गरेको एकीकरण अभियानको पाटोबारे चर्चा गर्नु भयको थियो। खनालले कार्यक्रममा उठाइएका दोहोरो नागरिकता लगायत राजदूतावासको कामप्रति जानकारी गराउनु भयको थियो। विशेष अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले नेपालमा गणतन्त्रवादी भन्नेहरुले पृथ्वी नारायण शाहको नाम समेत लिन छोडिसकेको अवस्थामा भरत क्षेत्रीले सन् २००७ देखि निरन्तर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनु भयको थियो। डा. धितालले पृथ्वीनारायणले त्यतिबेला एकीकरण नगरेको भए आज नेपाल नाम नै नरहने टिप्पणी पनि गर्नु भयको थियो।

विशेष अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै नेपालका पाका नेताहरुले देश बर्बाद पारिसकेकाले अब युवा नेतृत्व अगाडि आउनुपर्ने धारणा राखेका थिए। गाहामगरले एनआरएनए यूकेको प्रमुख एजेण्डा वंशजको नेपाली नागरिकता निरन्तरता रहेको जनाउंदै नेताहरुले दोहोरो नागरिकताका नाममा देश सिक्किम र फिजी  नबनोस भने। साथै कार्यक्रममा अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय नेतृत्वमा रहेकी युवा नेतृ खुश्बु ओलीले माओवादी केन्द्रको नेतृत्वले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कटौती गरेर इतिहासमाथि नै अपमान गरेकामा १६ वर्षपछि राप्रपाको पहलकदमीमा माओवादी केन्द्र नेतृत्वकै सरकारले दिवसमा विदा दिन थालेको बतायकी थिईन।

कार्यक्रमका सभापति संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायत अध्यक्ष भरत क्षेत्रीले आफ्नो मन्तव्यका क्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताए। सरकारले समेत दिवसका दिन सार्वजनिक बिदा दिन थालेको सन्दर्भमा अबका वर्षमा दूतावासमा एकीकृत रुपमा यसलाई मनाउन आग्रह गरे। अध्यक्ष क्षेत्रीले सहभागी सबैलाई धन्यवाद दिंदै यस वर्षको पृथ्वी पुरस्कार पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता भरत बस्नेतलाई दिने निर्णय भएको घोषणा गरे। अध्यक्ष क्षेत्री आफैंले स्थापना गरेको एक लाख रुपैयांको पृथ्वी पुरस्कार पाउने बस्नेत तेश्रो व्यक्ति हुन्। यसअघि प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी (पहिलो) र राजनीतिशास्त्रका अध्येता डा. राजेश अहिराज यो पुरष्कारले सम्मानित भयका थिय। राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका एकजना स्वतन्त्र बुद्धिजिवीलाई पुरस्कार प्रदान गरीने गरियको अध्यक्ष क्षेत्रीले बताए।

कार्यक्रममा गोर्खाली बुद्धिजिवी विकल चन्द्र आचार्य,समाजसेवी, साहित्यकार तथा यती नेपलिज एसोसिएसन यूकेका पूर्व उपाध्यछ हरिसिंह थापा,समाजसेवी तथा राष्ट्रवादी अभियानका सक्रिय अभियन्ता पदम रावल,नेपाल प्रहरीका पूर्व डिएसपी तथा पत्रकार वाचस्पति रेग्मी,एनआरएनए यूकेका पूर्व उपाध्यक्ष समाजसेवी क्याप्टेन वालकृष्ण गुरुङ,वंशजको नेपाली नागरिकता निरन्तरता अभियानका अध्यक्ष तथा विश्व हिन्दु महासंघ बेलायत एवं युरोप शाखाका संयोजक खगेन्द्र पाठक,चन्द्र कार्की, समाजसेवी एवं क्षेत्री समाज यूकेकी सक्रिय सदस्य विमला थापा,ठकुरी समाज यूकेका अध्यक्ष शान्त चन्द, वंशजको नेपाली नागरिकता निरन्तरता अभियानका नेपाल कोअर्डिनेटर एवं चार्टर्ड अकाउन्टेन्ट कृष्ण खतिवडा,प्रकृति संरक्षण अभियान नेपालका अध्यक्ष ध्रुवराज घिमिरे लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए।

साथै कार्यक्रममा समाजसेवी चिकित्सक डा.जनक कुमारी धिताल,क्षेत्री समाज यूके अध्यक्ष श्रद्धा थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवासी नेपाली एकता समाज (पानस) बेलायतका सचिव रमेश साही ठकुरी,यती नेपाली एसोसिएसन यूके पूर्व अध्यक्ष उमेश मोक्तान,गोरखाली समाज यूकेका अध्यक्ष अशोक ढकाल,ब्रिटिश गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष सन्तबहादुर गुरुङ,क्लव फिफ्टी यूकेका अध्यक्ष गुनमान सिङ कार्की, समाजसेवी क्याप्टेन रणध्वज राना, देउ गुरुङ,भोजराज बराल,सुन्दर गुरुङ,उत्तम खड्का,सुरज कार्की, सन्जिव घिमिरे,दिल जिसी लगायत समाजसेबीहरुको उल्लेखनीय जनसहभागितामा महिला वाहुल्यता बढी देखिन्थ्यो। चेतमान केसीले सञ्चालन गरेको उक्त कार्यक्रम भब्य भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?