Sunday April 28, 2024

डायस्पोरामा नेपाली संस्कृति र सम्पदा पुस्तकको लोकार्पण

६ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1388


डायस्पोरामा नेपाली संस्कृति र सम्पदा पुस्तकको लोकार्पण

शीतलपाटीन्युज डटकम।

काठमाण्डौं। यही फेव्रवरी १६ तारिख २०२४ तदनुसार फाल्गुण ४ गते शुक्रवार २०८० मा नेपाली समय सांझ पाँच तीसबजे डायस्पोरामा नेपाली संस्कृति र सम्पदा” पुस्तक लोकार्पण भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार प्राध्यापक गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष डाक्टर बद्री के सीको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृति तथा सम्पदा विभागका संयोजक तथा वर्तमान एनआरएनएका सल्लाहकार गोविन्दप्रसाद गौतमले कार्यक्रमको परिचय दिँदै स्वागत गर्नु भएको थियो।

गैरआवासीय नेपाली संघ संस्कृति तथा सम्पदा समिति २०२१ – २०२३ का दुई महत्वपूर्ण कार्यहरू थिए। जसमा प्रवासमा छरिएर रहेका प्रतिभावान गायकहरूलाई गायन प्रतियोगिता एनआरएन द सिङ्गर्स्ग राउने।  डायस्पोरामा रहेको नेपाली संस्कृति र सम्पदालाई अभिलेखिकरण गर्ने। गतबर्ष २०२३को अक्टोवर महिनामा सम्पन्न एनआरएन द सिंगर्सले एउटा ऐतिहाँसिक कार्य गरेको छ। त्यस्तै गरेर डायस्पोरामा नेपाली संस्कृति र सम्पदाको पुस्तकको प्रकाशन गरी लोकार्पण भएको छ।

कार्यक्रममा विमोचित पुस्तकको लोकार्पणमा सम्म आइपुग्दाका बिभिन्न चरणका बारेमा उत्तरअमेरिकाका संयोजक सुरेन उप्रेतीले प्रकाशन पार्नु भएको थियो। सन २०१९ अक्टोवरमा बिभागको स्थापना भइ प्रथम बैठकबाट सल्लाहकार श्री कृष्णप्रकाश श्रेष्ठ, एशिया प्यासिफिकका संयोजक डा लेखनाथ काफ्ले र सुरेन उप्रेतीलाई यो पुस्तक प्रकाशनको जिम्मा दिइएको थियो। बिभागको स्थापना लगतै कोभिड १९को महामारीले सन्सारलाई त्राहिमाम बनायो। यो महामारीले डायस्पोरामा नेपाली संस्कृति र सम्पदाको अनुसन्धान र अध्ययनलाई समेत प्रभावित बनायो। यतीकैमा साहित्यकार अनुवादक कृष्णप्रकाश श्रेष्ठ बिरामी पर्नु भयो। बिरामी श्री कृष्णप्रकाश श्रेष्ठले मार्च २९ ।

२०२१ का दिन महाप्रस्थान गर्नु भयो। यसले समितिलाई अझ मर्माहत बनायो। पूर्व अध्यक्ष साहित्यकार जीवा लामिछाने ,पूर्वकोषाध्यक्ष हिक्मत थापा र सुरेन उप्रेतीको सल्लाहमा दिवंगत कृष्णप्रकाश श्रेष्ठको सम्मान र सम्झनामा पुस्तक प्रकाशन गर्ने निर्णय भयो। जसलाई साकार बनाउन गोविन्दप्रसाद गौतम, डाक्टर मनमूर्ति भुर्त्याल,नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख साहित्यकार प्रा डा हेमनाथ पौडेलले पुस्तक प्रकाशनमा अहम भूमिका निर्वाह गर्नु भएको थियो। सम्झनामा कृष्णप्रकाश श्रेष्ठ नामक पुस्तकको सल्लाहकार सम्पादकमा प्राडा हेमनाथ पौडेल र साहित्यकार जीवा लामिछाने हुनु हुन्छ। सम्पादकमा सुरेन उप्रेती हिक्मत थापा र डा.मनमूर्ति भुर्त्याल रहनु भएको समूहले पुस्तक प्रकाशन गरी सार्वजानिक गर्यो।

तर मूल मुद्धा भने अधुरै थियो। पटक पटकको ईमेल,फोन र खवरबाट संसारभरीका साहित्यकार,लेखक,समाजिक अभियन्ताहरूलाई लेखका लागि अनुरोध गरियो। दाजु कृष्णप्रकाश श्रेष्ठलाई प्राप्त भएका लेखहरूलाई भने समेट्न सकिएन। उहाँका कम्प्यूटरमा सुरक्षित लेखहरूलाई भाषाका कारणले प्राप्त गर्न सकिएन। यो पुस्तकमासबै महादेश र देशहरूका नेपाली संस्कृति र सम्पदाहरूलाई समेट्न भने प्रयास गरिएको छ।

हाम्रो अनुरोधबाट प्राप्त भएका लेखहरूमा अफ्रिकाबाट हिक्मत थापा,जापानबाट प्रकाश पौडेल माइला,अष्ट्रेलियाबाट आचार्य राजन शर्मा र सम्झना उप्रेती ,अमेरिकाबाट इस्वरी भट्ट,मोहन सिटौला ,बसन्त श्रेष्ठ र सर्वज्ञ वाग्ले। त्यस्तै क्यानडाबाट चन्द्र राई, हरि सिवाकोटी,यूवराज पौडेल,डा वेतमान भण्डारी, मधुसुदन आचार्य,परासर मल्ल, यूवराज भण्डारी,बासु शर्मा र विना शर्मा,सुरेन उप्रेती,डा पुरूषोत्तमराज सिँह,चित्र प्रधान,त्यस्तै बर्माबाट मोहनराज शर्मा,इजरायलबाट भगवती बस्नेत, दक्षिण कोरियाबाट राजेन्द्र आचार्य र राजाराम श्रेष्ठ,ताइवानबाट डा लेखनाथ काफ्ले,कपित अधिकारी मध्यपूर्व सुरेन उप्रेती,यूरोपबाट खड्ग न्यौपाने जर्मनी,नवराज न्यौपाने निदरलेण्ड,बिनिता लामिछाने फिनलेण्ड,मन्जु भणडारी र विश्वास दिप तिगेला बेलायत,डा मधुमाधुर्य श्रेष्ठ रशिया,स्पन्दन विनोद पोर्चुगालले लेख्नु भएको छ। नेपालबाट डा जगमान गुरूङ र डा रमेश शुभेच्छुले लेख्नु भएको छ भन्दै उप्रेतीले मन्तव्य राख्नु भयो।

सुरेन उप्रेतीको मन्तव्य पछी प्रमुखअतिथी गंगाप्रसाद उप्रेती ज्यूबाट डायस्परामा नेपाली संस्कृति र सम्पदाको कृतिको लोकार्पण भयो। पुस्तकको लाकार्पण पछी पुस्तकका बिभिन्न लेख र ती लेखमा समेटिएका सम्पदा र संस्कृतिका सन्देशका बारेमा डा रमेश शुभेच्छुले बिचार राख्नु भयो। सन्सारमा नेपाली संस्कृति र सम्पदा समेटिएको यो पुस्तक एक ऐतिहाँसिक महत्वको पुस्तक भएको कुरा श्री शुभेच्छुले प्रकाश पार्नु भयो।

कार्यक्रममा साहित्यकार प्राध्यापक मोहन सिटौलाले यस्ता ऐतिहाँसिक पुस्तकहरूलाई बिभिन्न भाषामा अनुवाद गरेर सन्सारलाई बुझाउनु पर्छ भन्नु भयो। त्यस्तै नयाँ पिँडीलाई नेपाली भाषा साहित्य र संस्कृतिको महत्व र अपरिहार्यताको बोध गराई हस्तान्तरण गर्नु पर्छ भन्नुभयो।

त्यस्तै अर्का बक्ता डाक्टर पुरूषोत्तमराज सिँहले यो ऐतिहासिक कार्यलाई अझ ब्यापक र बिस्तृत गर्दै लानु पर्दछ। यसले भातृत्व र आत्मियता अझ व्यापक र एकतामा बाँध्दैलैजावस भन्नु भयो। कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व काव्यविभाग प्रमुख साहित्यकार प्रा डा हेमनाथ पौडेलले एनआरएन र नेपाल प्रज्ञाप्रतिष्ठानका सहकार्यमा भएका प्रकाशनहरूको चर्चा गर्दै बर्णन गर्नु भयो। नेपालमा जतिकै नेपाली भाषा साहित्य र संस्कृतिलाई अगाडि बढाउँदै लगेको छ। यसलाई गैरआवसीय नेपाली संघले नेपालप्रज्ञा प्रतिष्ठानसँग सहकार्यमा अझ काम हुनु पर्दछ।

प्रज्ञाप्रतिष्ठानसँग भएन भने पनि अरू साहित्यिक संघसंस्थाहरूसँग सहकार्यमा पनि काम गर्नु पर्दछ। अनुवादमा सहकार्य गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा पूर्याउने र भित्र्याउने काम गर्नु पर्दछ भन्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वकुलपति प्राध्यापक गंगाप्रासा उप्रेतीले एनआरएनएले नेपाली भाषा साहित्य संस्कृति र सम्पदालाई विश्वसामू पुर्याउने काम गर्दै आएको कुरा बताउनु भयो। यसले अझ नेपालको पहिचानलाई विश्वका अन्यभाषीहरू समक्ष पुग्ने गरी अनुवाद र प्रकाशनका काम गर्नु पर्ने कुरामा जोड दिनु भयो। पुस्तकका सम्पादकहरू र लेखकहरूलाई बधाई दिँदै पुस्तक एउटा महत्वपूर्ण कीर्ति हो भन्नु भयो।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष एवंम कार्यक्रमका अध्यक्ष डाक्टर बद्री केसीले नेपाली साहित्यका पुस्तकहरूलाई अन्यभाषामा अनुवाद गर्नकालागि नेपालीहरू सक्षम भै सकेको जानकारी गराउनु भयो। रसियन, फ्रेन्च,जापानिज,चिनियाँ,स्पेनिस आदि भाषामा नेपाली अनुवादकहरू रहेको र अब अनुवाद कार्यलाई अगाडि बढाउने कुरामा विश्वस्त गराउनु भयो। सो कार्यका लागि एनआरएनएसँग श्रोत पनि रहेको कुरा अवगत गराउनु भयो। मन्तव्यका अन्त्यमा पुस्तकका लेखक सम्पादक र कार्यक्रमका सहभागीहरूलाई धन्यवाद दिनु भयो।

कार्यक्रमको संचालन साहित्यकार भगवती बस्नेतले गर्नु भएको थियो। कार्यक्रममा गणेशराज गौतमले यो ऐतिहाँसिक कार्यमा सरिक हुन पाएकोमा खुशी प्रकट गर्नु भयो। 

कार्यक्रममा डाक्टर वेतमान भण्डारी, खड्ग न्यौपाने जर्मनी, डाक्टर मनमूर्ति भुर्तेल रसिया. विश्वास दिप तिगेला बेलायत , तारा उप्रेती क्यानडा,यूवराज भण्डारी,चित्र प्रधान,बिन्दु निरौला अमेरिका,ललिता दोषी नेपाल ,मित्र भुषाल,सुनिता कन्दङ्वा इजरायल,साहित्यकार त्रिलोचन ढकाल, डिल्ली सुवेदी,नेपाल निलगिरी मावी हिलिहाङका प्रधानअध्यापक होमप्रसाद खनाल नेपाल आदिको उपस्थिति रहेको थियो।

(नेपालब्रिटेन डटकमबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?