१९ फाल्गुन, २०८०
शीतलपाटीन्युज डटकम,
लण्डन।
एउटा गजल-
हेर दिन ढल्यो,हेर दिन ढल्यो झम्मकै साँझ पर्यो ,
एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ,
लुकाउन खोज्दा पनि आँसु नखसेको होईन ,
मैले त गीत सुनाएँ तिमीले कथा सुनेछौं
उ जितेर गइ या हारेर गइ नतिजा आफैतिर पारेर गई, हिजो निम्ता दिई बांच्न दिलमा
बरु हास्नु म मर्दा , नरुनु म मर्दा, न हेर्नु मेरो लास , रुदै आँसु पुत्रदा म मर्दा
भगवान कसम भगवान कसम भगवान कसम
तिमीलाई माया गर्ने बानी बस्यो, यो मायाले मलाई गर्नु गर्यो .
कहिले काहीं मनका कुरा हामीलाई पनि भनन
रात ढल्छ,तारा गन्दै,दिन बिताइए यहाँ गार्हो छ ,जिबन बिताउन सार्हो छ
नपिएको जस्तो गर्छौ आफु छेउमै बसेर, पिलायो आफ्नै जवानी बोतलमै पसेर,हल्का नशा चढडै छ नजर तिमीमा गडदै छ ।
यस्तै तेस्तै शास्त्रीय गीत संगीत गजलै गजलको भरपुर मनोरन्जन प्रस्तुतीकार ख्याति प्राप्त कलाकार Tilak Singh Pela र Raj Sigdel
लन्डन। युकेमा तिलकसिंह पेला र राज सिग्देल गजल साँझ हुने भएको छ।बुद्धिस्ट गुम्बा रिडिङ युकेको सहयोगार्थ आगामी मार्च ३१ मा पेला र सिग्देलको साथ ‘च्यारिटी डिनर गजल साँझ’ हुने भएको कुरा गुम्बाका महासचिव कमल गुरुड्गले जानकारी दिनु भयको छ।
३१ मार्च बेलुका १७:३०मा इम्पायर ब्यांक्वेटिङ हल अल्डरसटमा कार्यक्रम हुने बताइएको छ ।
कार्यक्रमका लागि टिकट मूल्य साधारणतर्फ ४० र भीआईपीतर्फ १०० पाउन्ड तोकिएको छ। टिकट अग्रिम बुकिङ गर्न पनि सकिनेछ।
पेलाको 'के लत बस्यो मलाई' गजल पछिल्लो समय चर्चामा छ। सिग्देलका भने 'उ जितेर गई', 'यो माया हराएको शहर'लगायत चर्चित गजल प्रस्तुत गरिने कार्यक्रम छ।
यस्तै,कार्यक्रमका बारेमा बुझ्न परेमा सम्पर्क व्यक्ति कार्यक्रम संयोजक चन्द्रमान गुरुङ र महासचिव कमल गुरुङ (07588 242398) संग सम्पर्क गर्न सकिने छ।