Tuesday July 08, 2025

आरोही निर्मल पुर्जा ‘एमबिई’को अर्को नयाँ कीर्तिमान

५ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1579


आरोही निर्मल पुर्जा ‘एमबिई’को अर्को नयाँ कीर्तिमान

शीतलपाटीन्युज डटकम।

काठमाडौं। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन्। नेपाली नयाँ वर्षकै दिन उनले आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकैजनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन्।

शनिबार १ वैशाखको बिहानै १२.१५ बजे उनले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरो चुमेका हुन्।आठ हजार मिटरमाथिका जति हिमाल जतिपटक आरोहण हुन्छ,त्यति नै पटक गणना भएर यो कीर्तिमान बनेको हो । 

ताजा कीर्तिमानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेका छन् ‘अब, आठ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ।’ निम्सले आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरिसकेका छन्।

(नया पत्रिकाबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?