Thursday May 02, 2024

लण्डन उलिचमा २ जुन २०२४ मा बुध्द जयन्ती मनाईदै

७ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1126


लण्डन उलिचमा २ जुन २०२४ मा बुध्द जयन्ती मनाईदै

शीतलपाटीन्युज डटकम।

लण्डन। लण्डनको ट्राफलगर स्क्याएरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डनको वुलीचमा आयोजना हुने समाचार बुध्द फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनु भएको छ।

हाल ट्राफलगर स्क्वाएर मरमत सम्भार कारणले नियमित प्रयोग भै आयको स्थान उपलब्ध नभएपछि आयोजक बुद्ध फाउण्डेसन यूकेले वुलीच आर्सनलको गोर्डन स्क्वायरमा कार्यक्रम गर्न लागेको जनाएको हो।आगामी जुन २ तारिख आइतबार दिउँसो २ देखि साँझ ७ बजेसम्म कार्यक्रम तय भयको जनाईएको छ ।

यसैबीच फाउण्डेसनले आइतबार कार्यसमिति र सल्लाहकारहरुको संयुक्त बैठक गरेर कार्यक्रम तयारीका लागि विभिन्न छलफल तथा निर्णयहरु गरेको छ । यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक समेत रहेकी उपाध्यक्ष प्रसुना कंडेलका अनुसार कार्यक्रम तयारीका सम्बन्धमा यसै साता लन्डन दूतावाससंग एक छलफल हुने भएको छ। कार्यक्रमको लागि विभिन्न विदेशी कूटनीतिक प्रतिनिधिका साथै अन्य विशिष्ट अतिथिमा कसलाई निम्त्याउने भन्नेबारे पनि दूतावाससंग छलफल गरिनेछ ।

त्यस्तै, आयोजक बुद्ध फाउण्डेसनले बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग पनि अप्रिल २१ तारिख आइतबार भर्चुअल छलफल गर्ने भएको छ। विगतदेखि नै बुद्धजयन्ती कार्यक्रममा यहाँका प्रमुख नेपाली संघसंस्थाको सहकार्य रहंदै आएको छ ।

फाउण्डेसनले कार्यक्रमस्थलमा बुद्ध र बौद्ध दर्शनसम्बन्धी पुस्तकहरुको जानकारीमुलक स्टल राख्ने निर्णय गरेको छ । जसका लागि स्वेच्छिक रुपमा सहयोग गर्न तथा सान्दर्भिक पुस्तकहरु उपलब्ध गराउन सम्बन्धित सबैमा आव्हान गरिएको छ ।

यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक उपाध्यक्ष प्रसुना कंडेल,सहसंयोजकद्वय ह्यारी गुरुङ र सुर्जे गुरुङ छन् भने सांस्कृतिक संयोजक दिलु थापा र आर्थिक संयोजक राजन खकुराल रहनु भयको छ। सन् २०१७ मा स्थापित बुद्ध फाउण्डेसन यूकेले त्यसयता लन्डनस्थित नेपाली दूतावास,नेपाल पर्यटन बोर्ड,एनआरएनए युके लगायतको सहकार्यमा ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती कार्यक्रम गर्दै आएको थियो। त्यसअघि पहिलोपटक कपिलवस्तु समाज यूकेको आयोजनामा लन्डन पार्लियामेन्ट स्क्वायरमा कार्यक्रम गरिएको थियो।

फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले बुद्धजयन्ती कार्यक्रम सफल पार्न बेलायतवासी सबै नेपाली र संघसंस्थाको सक्रिय साथ एवम् सहभागिताका लागि आव्हान गरेका छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?