Wednesday May 08, 2024

तमुधिं यूके आमा समूहद्वारा १६ जुलाईमा "रेस फर लाइफ" दौड कार्यक्रमको आयोजना गर्दै

२९ असार, २०८० शीतलपाटीन्युज डटकम। 1506


तमुधिं यूके आमा समूहद्वारा १६ जुलाईमा "रेस फर लाइफ" दौड कार्यक्रमको आयोजना गर्दै

शीतलपाटीन्युज डटकम।

लन्डन। तमुधिं यूके आमा समूहले यस वर्ष क्यान्सर रिसर्च सेन्टर यूकेले गर्दै आएको "रेस फर लाइफ" दौड कार्यक्रम १६ जुलाई २०२३ मा गर्ने भएको कुरा छापामा समाचार प्राप्त भयको छ।



क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको "रेस फर लाइफ" कार्यक्रम प्रोस्पेक्ट पार्क रिडिङमा बिहान ११ बजे देखि हुने भयको कुरा तमुधिं यूके आमा समूह अध्यक्ष एवम कार्यक्रम.संयोजक सन्ध्या गुरुङले जानकारी दिनु भयको छ। यो क्यान्सर रिसर्च सेन्टर यूकेको "रेस फर लाईफ" दसौं संस्करणको दौड हो। 

 

संयोजक गुरुङले दौडमा सहभागी भएर कार्यक्रम सफल बनाइदिन अनुरोध समेत गर्नु भयको छ। सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ। 

 

केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला,पुरुष र बाल बालिकाको उपचारका साथै रोग उन्मूलनमा खर्च गर्ने गरिएको संयोजक सन्ध्या गुरुङले बताउनु भयको छ।

श्रोत-गोर्खा मिडीया।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?