Tuesday May 07, 2024

चारभञ्ज्याङ तमु समाज युकेको बार्षिक भेटघाट ५ अगस्टमा अल्डरसटको कनटस्कुलमा हुदै

१३ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1867


चारभञ्ज्याङ तमु समाज युकेको बार्षिक भेटघाट ५ अगस्टमा अल्डरसटको कनटस्कुलमा हुदै

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका   चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ । 

५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लोकप्रिय लोकदोहोरी गायक शिव हमाल तथा लोकप्रिय लोकदोहोरी गायिका मनमाया बाइवाले पनि प्रस्तुति दिने समाचार शीतलपाटीन्युजलाई प्राप्त भयको छ। 

आयोजक चार भन्ज्याड्गले समाजका सम्पूर्ण परिवार,चेलीबेटी,दिदीबहिनी,ज्वाइँ,दाजुभाइबीचमा वार्षिक भेटघाट सफल र रमाईलो बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ। 

कार्यक्रम अल्डरसटको कनोट स्कुलमा दिउँसो १ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष वेनकुमार गुरुङले बताउनु भयको छ।

Address-

The Cannught School

GU12 4AS



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?