Sunday May 05, 2024

बेलायतमा सात दिने चक्र विज्ञान साधना शिविर सम्पन्न

१४ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2111


बेलायतमा सात दिने चक्र विज्ञान साधना शिविर सम्पन्न

GNNews-

लन्डन– योग,ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार  सम्पन्न भएको छ।

दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन जीवन विज्ञानका संस्थापकद्वय तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा तथा गुरु रमेश नेपालले गरेका थिए।

समापन समारोहमा सहभागीहरुलाई सम्बोधन गर्दै गुरु रमेश नेपालले आफुलाई मन नपर्ने व्यवहार अरु कसैप्रति पनि नगर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए।  "यो एउटा सूत्रले मात्रै पनि तपाईंको जीवनमा रुपान्तरण ल्याउन सक्छ।तपाईं सुखी, शान्त र स्वस्थ हुनु भयो भने तपाईंको घर, परिवार र समाजमै सकारात्मक असर पर्छ। " उनले हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने पनि बताए।  

जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्माले नेपालले आगामी दश वर्षमा विश्व गुरु बन्ने दीर्घकालीन सोच राख्नु पर्ने बताए। "मानिसको मनले जहिले पनि थाहा नपाएको कुरा जान्न खोज्छ। त्यही विराटलाई जान्ने प्रयासको रुपमा यो शिविर आयोजना गरिएको हो।  तपाईंहरु आजदेखि विराट ज्ञानको संवाहक र प्रतिनिधि हुनु भयो।  घर, परिवार र समाजमा यो संदेश फैलाउनु होला," उनले भने।

समापन कार्यक्रमका युरोप र बेलायतबाट सहभागी प्रशिक्षार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए। बेल्जियमको लुभेन शहरबाट सात दिने शिविरमा भाग लिन आएका सांग्रिला समाजका अध्यक्ष  नारायण अधिकारीले  संसारभरि मानसिक र शारीरिक स्वास्थ्य समस्या बढ्दै गएको बेला यो प्रशिक्षण निकै फाइदाजनक भएको बताउनु भयो।  "मैले सिकेको पाठ मेरो परिवार र समाजका लागि मात्रै हैन, पुरै विश्वका लागि अनुकरणीय हुने ठानेको छु," उनले भने। ललित बस्नेत, धनराज चौबंग लिम्बु, युना राइ, बेल्जियमबाटै आएका व्यवसायी राजेन्द्र कार्की लगायतले आफ्नो अनुभव शेयर गरेका थिए।

युरोप र बेलायतबाट झन्डै एक सय जना प्रशिक्षार्थीहरुले सात दिने शिविरमा भाग लिएको जीवन विज्ञान यूकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले बताइन्। जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्काले संस्थाका गतिविधिहरुबारे जानकारी गराए भने जीवन विज्ञान यूकेका ट्रष्टी तथा रोयल बरो अफ ग्रीनविचका उप मेयर जीत रानाभाटले सबैलाई धन्यवाद दिए।

आफ्नो बेलायत बसाइका क्रममा गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले विभिन्न नेपाली संस्थाहरुको आयोजनामा योग तथा ध्यान सम्बन्धी प्रशिक्षण दिएका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?