Saturday April 27, 2024

नेपाली बक्सर राईलाई स्कटल्याण्डमा उपाधि

१५ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1950


नेपाली बक्सर राईलाई स्कटल्याण्डमा उपाधि

घनस्याम भण्डारी,

स्कटलैण्ड।

लन्डन। नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगिता जितेका छन्।

२० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्याण्डमा शनिबार भएको रम्बल इन द जंगल प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेका हुन्।

२०० अमेचर म्याच खेलिसकेका भेट्रान बक्सर राईले उपाधि जित्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छन्। 'यसले नयां पुस्तालाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि नेपाली फाइटरले खेल्न सक्छन् भन्ने सन्देश गएको छ',उनले भने।उनी यूनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्याण्ड) च्याम्पियन पनि बनेका छन्। १३ औं साफमा उनले तेश्रो पदक जितेका थिए।

नेपालका अर्का खेलाडी जुनियर नेशनल च्याम्पियन आकाश डांगी भने यूबीए,यूबीओ वल्र्ड टाइटल म्याचमा एन्डी बेलसंग पराजित भएका छन्।

अर्का खेलाडी म्याक्स बस्नेतको खेल भने रद्द भएको छ। उनका प्रतिष्पर्धी बबी कार्टर घाइते भएकाले म्याच रद्द भएको म्याक्सले बताए।खेल रद्द भएकामा म्याक्स दुःखी छन्।'चार महिनादेखि तयारी गरेको थिएं खेल्न पाइएन',उनले कान्तिपुरसंग भने,'नेपालमा हाइ अल्टिच्यूड हुने भएकाले हामीलाई प्रशिक्षण अप्ठेरो हुन्छ।तर यहां भने खेल्न र प्रशिक्षण पनि सजिलो थियो।म पूर्ण तयारीमा थिएं।'

प्रोफेशनल एउटा कन्टेन्डर च्याम्पियनले अर्को कन्टेन्डरसंग प्राय नखेल्ने गरेको म्याक्सले जनाए । 
राज्यले खेलाडीका लागि केही गर्दैन।हामी आफ्नै प्रयासमा खेल्दैछौं,उनले सुनाए।

उनी १४ पटक राष्ट्रिय स्वर्ण पदक विजेता हुन् । म्याक्स मुम्बई च्याम्पियन,अल इण्डिया इन्टर क्लव च्याम्पियन, जापान च्याम्पियन, स्पेन जिबीएफ वल्र्ड कप क्वालिफायर २०२२ समेत हुन्l



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?