Saturday March 22, 2025

मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइनल आज हुदै,प्रमुख अतिथि ज्ञानेन्द्र मल्ल

२२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1777


मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइनल आज हुदै,प्रमुख अतिथि ज्ञानेन्द्र मल्ल

शीतलपाटीन्युज डटकम।

लण्डन। साझा नेपाली समाजको संयोजनमा हरेक बर्ष आयोजना गरिने मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइनल तथा समापन अगस्ट ७ गते सोमवार गरिदैछ।मिडलैन्ड नेप्लिज  क्रिकेट लिंगका संस्थापक एवं साझा नेपाली समाज बेलायतका अध्यक्ष दिपक सापकोटाका अनुसार मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइलनलमा नटिङगमको समूह ‘नटिङगम गोर्खा’ र लेस्टरको समूह ‘गोर्खा टाइगर’ पुगेका छन्।

अगस्त ७ तारिक सोमबारका दिन लेस्टरको लफब्रोमा फाइनल खेल हुने छ। २०१९ देखि निरन्तर रुपमा हुँदै आएको उक्त प्रतियोगितात्मक खेलमा नटिङगम, बर्मिङगम,लेस्टर,पिटरब्रो लगायतका स्थानबाट प्रतियोगी समूहहरुले भाग लिएका थिए। फाइनल खेललाई भब्य रुपमा सम्पन्न गर्नको लागि अयोजकले ब्यापक तयारी गरीरहेका छन। खेल संयोजक दिपक सापकोटाका अनुसार ५ वर्ष देखि निरन्तर रुपमा कडा मेहनतका साथ लिगको आयोजना र ब्यवस्थापन भएका कारण बेलायतका नेपालीहरुमा पनि यो प्रतियोगिताको निकै चर्चा हुने गरेको छ।

नेपाली युवाहरुलाई पनि खेल प्रति आकर्षित गराउनु र भविश्यमा खेलबाट पनि नेपालीहरुको पहिचान बनाउने उद्धेष्य रहेको मिडलैन्ड नेप्लिज क्रिकेट लिगको उदघाटन २०१९ मा तत्कालिन राजदुत दुर्गा वहादुर सुवेदीले  गर्नु भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?