८ भाद्र, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘पर्खि बसेछु’ हालै सार्वजनिक भएको छ। आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा दीपक शर्माको संगीत र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ। गीतको भिडियो OSR DIGIRAL को अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो।
संचारकर्मी डा.शिव तिवारीको निर्देशन रहेको गीतको भिडियोमा योगेश दाहालको छायांकन तथा सम्पादन रहेको छ।
यसअघि २०७४ सालमा “नाच्दै खेल्दै” बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा उदायकी उनी बिगत १२ वर्ष देखी बेलायतको स्कटल्यांडमा परिवारसंगै बस्दै आएकी छन।
गीतको link: